०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

बीपी कोइराला पब्लिक पोलिसीको प्रथम भेला सम्पन

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

ABC Sanchar महोत्तरी बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवास मा सम्पन भएको छ बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलीसीका प्रदेश दुई सभापति फिरोज आलमको सभापतित्वमा सम्पन कार्यक्रम मा आठ वटै जिल्ला मा प्रदेश समितिमा चयन भएका सम्पूर्ण लाइ टीका लगाउदै स्वागत गरेका थिए उक्त कार्यक्रम लाइ सम्बोधन गर्दै प्रदेश दुई सभापति फिरोज आलमले बीपी कोइराला नेपालका मात्र नभई विश्व कै नेता भएको बताए । विश्वमा नेपाली नेताको चर्चा हुँदा बीपी कोइराल को मात्र हुने गरेको बताए । बीपी कोइराला को समाजवादले नै गरिब निमुखा जनतालाई समेट्न सक्ने बताए । यसै क्रममा नेपाली कॉंग्रेस हिमाल पहाड तराई सबैको पार्टी भएको कुरा उल्लेख गरे । बीपी कोइराला ले त्यति बेला नै पर्शु नारायण चौधरी लाई भावी प्रधान मन्त्री भनेर घोषणा गरेका थिए । कॉंग्रेस ले मधेशीको छोरालाई राष्ट्रपति बनाएको कुरा समेत स्मरण गराए । त्यो सोच नेपाली कॉंग्रेस मा हिजो पनि थियो आज पनि छ भोली पनि रहनेछ । मधेशी दलले कालो दिवस मनाउन दिएको निर्देशन नैतिकता बिना को राजनीति भएको टिप्पणी गरे । उपेन्द्र यादब बारम्बार मधेशी जनतालाई धोका मात्र दिएको छ । त्यहि संविधान टेकेर मन्त्री बन्ने र त्यहि संविधान न माने यो केवल नाटक गरेको आरोप लगाए । त्यसैले नेपाली कॉंग्रेस ले मात्र मधेशीको मुदा सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष विकाश तिवारी, सह- सचिव सुरेन्द्र पौडेल लगाएत प्रदेश सदस्यहरु राहुल गुप्ता, रीता रीजाल, रमेश यादव सहभगिता रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाका सचिव रोशन ठाकुर ले गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]