११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नारायणगढ मुग्लिन सडक अवरुद्ध

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

राकेश श्रेष्ठ
नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ।
लेदो वगिरहेकाले काम गर्न कठिनाई भएको जनाईएको छ। पानी पर्न रोकीनासाथ पहिरो पन्छाउने उनले जानकारी दिए।
यस क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ।
सोही ठाउँमा यस अघि पनि पटक पटक पहिरो खस्दै आएको छ। सडक अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन्।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!