१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

दाङमा पत्रकार चढेको स्कारपियाे दुर्घटना ६ जना गम्भीर घाइते

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

सागर थापा
दाङ लमही घाेराही सडक खण्ड स्थित कुलमाेड देखि करिब ३०० किलोमिटर अगाडि स्कारपियाे दुर्घटना हुँदा बा २ च ९५३१ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ६ अन्तरगत कुलमोहर देखि पाँचसय मिटर उत्तर तर्फ सीता भरार भन्ने स्थानमा सडक बाट झन्डै पचाँस मिटर तल स्कारपियाे खसेको हो ।
दुर्घटनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिका कै तुलाराम परियार, त्यस्तै लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी वर्ष १५ वर्षिया नोखी केसी, तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओलि, सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन् ।
अहिले घाइतेहरुको लमही लमही अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट सल्यान फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर ५ निवासी प्रकाश ओलिलाई टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ ।
गाडीको गति अत्याधिक तिब्र भएको, घुम्ती भएको, विपरित दिशा बाट मोटरसाइकल आइरहेको र मोटरसाइकललाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाउदा गाडी खोलामा खसेको । दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!