०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

स्वास्थ्य मापदण्ड पालना नहुँदा पुनः लकडाउन लगाउने सरकारको चेतावनी

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

ABC Sancharc
काठमाडौं सरकारले नागरिकस्तरबाट स्वास्थ्यका मापदण्डको उल्लङ्घन हुनेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै फेरि लकडाउन अर्थात् बन्दाबन्दीको हुनसक्ने सङ्केत गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिकले उच्च सतर्कताकासाथ कोरोना विरुद्धका नियमहरू पालना गरे भयावह अवस्था नआउने बताउनुभयो ।
उहाँले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो । मन्त्री ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताउनुभयो । कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीको भनाइ छ ।
६० प्रतिशत सङ्क्रमित काठमाडौंमै रहेका र विशेष स्याहार चाहिने अवस्थाका सङ्क्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामथ्र्यले धान्न नसक्ने उहाँले जानकारी दिनुभयो । कोरोना महामारीलाई हल्का ढंगले नलिन पनि मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।
नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हिजो मात्रै २८ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!