११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

दङाली युवा बैज्ञानिक मार्सल रोका भन्छन : ‘युवाहरुलाई सहयोगको खांचो छ ।’

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

२०५० साउने संक्रान्तिका दिन बुवा बालाराम रोका र आमा उषा रोकाको कोखबाट जन्मेका मार्सल रोका घोराही उपमहानगरपालिका १५ घोराही मिलनचोक निवासी हुन् । दुई छोरा, दुई छोरी मध्ये जेठो सन्तानको रुपमा जन्मेका रोका सानै उमेरदेखि आफुलाई चासो लागेको विषयमा अत्यन्तै मिहेनतका साथ खोजीनीति गरेर त्यसको प्रतिफल हात पार्न कम्मर कसेर लाग्थे । जसको फलस्वरुप सानै उमेरमा विभिन्न वैज्ञानिक सामानहरु आविस्कार गरिरहेका छन् । आफ्नो काममा विश्वास गर्ने र सानैदेखि बैज्ञानिक काममा अहोरात्र खट्न रुचाउने रोका स्नातक तह उत्तीर्ण विद्यार्थी हुन् । अव लागौ, यसै विषयमा देउखुरी टुडेकर्मी दिपक वलीले कुराकानीको सारसंक्षेप ः सम्पादक

१) सर्वप्रथम यहाँलाई यस देउखुरी टुडे साप्ताहिकको भलाकुसारीमा स्वागत छ ?
हजुर धन्यबाद ।
२) आज भोली के काममा व्यस्त हुनुहुन्छ नी ?
आज भोली मेरा आविष्कारलाई बजारीकरण गर्नमा व्यस्त छु । साथै नयाँ—नयाँ प्रविधिको विकास र दैनिक जिवनका समस्याहरु समाधान गर्ने खालका यन्त्र आठ सुत्र बनाउन व्यस्त छु ।
३) हजुरले यो वैज्ञानिक कुराहरु पत्ता लगाउने काम कहिले देखि सुरु गर्नुभयो ? र कस्को प्रेरणाले यो काममा लाग्नुभएको हो ? बताइदिनुस् न ।
मैले यो वैज्ञानिक काम कक्षा ६ मा पढ्दै गर्दादेखि सुरु गरेको हो । हालसम्म यो काममा निरन्तर लागिरहेको छु । जसका कारणले आजका दिनसम्म ४७ वटा उपकरणहरुको आविस्कार गर्न सफल भएको छु । मेरो प्रेरणाको श्रोत भनेको दैनिकी मानव जिवनमा आउने समस्याहरु हो । त्यसलाई नै निरन्तरता दिंदै समस्याको समाधान खोजें । जसले गर्दा आजका दिनसम्म यी उपकरणहरु बनाउन सफल भएँ ।
४) बजारमा हजुरले बनाएका सामानको माग कत्तिको छ ? र कुन—कुन ठाउँबाट धेरै मागहरु आएका छन् ?
अहिले बजारमा मैले बनाएका सामानहरु मध्ये अटोमेटिक पम्प कन्ट्रोलरको माग अत्यधिक मात्रामा छ । यो अटोमेटिक पम्प कन्ट्रोलरको काम भनेको घरको पानी तान्ने मोटरको साथमा जोडी घरमाथिको पानी ट्याङकीमा भएको पानीको लेभल हेरी अटोमेटिक तरीकाबाट चल्ने र बन्द गर्ने काम गर्दछ । यसको अर्को मुख्य काम भनेको पानी, बिद्युत र समयको बचत गर्ने हो । साथै मोटरको आयु पनि बढाउने गर्दछ । अहिले हाम्रा यी सामान २५ वटा जिल्लामा गएको छ । कस्टमर रेस्पोन्स पनि एकदमै राम्रो आइरहेको छ । त्यसले गर्दा म एकदमै खुसी छु ।
५) अहिलेसम्म सरकारको सहयोग पाउनुभयो ?
हालसम्म सरकारी स्तरको बजेट पाइएको छैन ।सल्लाको खोटोबाट पेट्रोल बनाउँदा विभिन्न सरकारी निकायमा धाइयो । तर केही आर्थिक र भौतिक सहयोग पाउन सकिएन र हाल सम्म सहयोग भनेको साथी–भाई, बुवा–आमा, पत्रकार साथी र आफुले पढेको बिद्यालयबाट मात्र पाउन सकियो ।
६) अहिलेसम्म के कस्ता सामानहरु निर्माण गर्नुभयो ?
अहिलेसम्म मैले ४७ वटा सामानहरु निर्माण गरे । जस मध्ये सल्लाको खोटोबाट पेट्रोल र प्लाष्टिकबाट डिजल ,बिभिन्न सुरक्षामा प्रयोग हुने यन्त्र ,दृष्टि विहिनहरुलाई बाटो देखाउने यन्त्र , बन जंगलहरुमा आगो लाग्यो भने त्यो आगो निभाउने यन्त्र ,फोहोरबाट बिजुली निकाल्ने प्रविधि ,दैनिक जिवनमा उपयोग हुने सामानहरु साथसाथै बातावरण संरक्षणमा प्रयोग हुने यन्त्र र मानव जिवनको स्वास्थ्य सुधारका लागि प्रयोग हुने पद्धतिहरु लगायतका सामानहरु तयार गरेको छु ।
७) यो काम गर्नको लागि नगरपालिकाबाट बजेट पाउनुभएको छ कि छैन ?
यो काम गर्नको लागि नगरपालिकाबाट बजेट पाउन त त्यस्तै हो । उल्टो प्रविधिमा सहयोग गर्छु ठाँउ दिनुप¥यो । फालिएको फोहोर प्लाष्टिकबाट डिजल बनाउँछु बिद्युतीय उर्जा उत्पादन गर्छु र साथमा स्मार्ट सिटी बनाउनको लागि भनेर यिनै कामको प्रपोजल हाल्दापनि केही सहयोग भएन । युवाहरुको बैज्ञानिक कामलाई राज्य र स्थानीय निकायबाट केही सहयोग भएन ।
८) कच्चापदार्थ कहाँबाट आयात गर्नुहुन्छ ?
अहिले हामीसंग अटोमेटिक पम्प कन्ट्रोलर उत्पादन गर्नको लागि ७० प्रतिशत कच्चा पदार्थ नेपालमा प्रयोग भएको छ र बाँकी ३० प्रतिशत जापानबाट आयात गरिन्छ । अव हामी लगातार आयात भन्दा निर्यात गर्नमा जोड दिइरहेका छौं ।
९) मोटरसाइकल चल्ने पेट्रोल पनि बनाउनुभयो । त्यसले कत्तिको सफलता पायो ?
सल्लाको खोटोबाट उत्पादित पेट्रोल एकदमै सफल छ । यो जैबिक पेट्रोल प्रयोग गरेका आफ्नो साधनले खनिज तेल बाट जति माइलेज दिइरहेको छ त्यसमा एक्ट्रा ३० प्रतिशत माइलेजको बृद्धि गर्दछ । यो मुल्यमा पनि सस्तो छ बातावरण मैत्री छ । यसबाट हामीले आफ्नै कारखानाको ५ वटा मोटरसाइकलमा प्रयोग गरिरहेका छौ । हालसम्म यो तेल प्रयोगमा ल्याएको झण्डै तीन बर्ष जति भयो र यसमा केही समस्या छैन, यो सफल छ । स्थानीय निकायको प्रतिनिधि दिपक काफ्ले र जिल्ला प्रहरी प्रमुख कुबेर कडायत लगायत जिल्लाका पत्रकार बुद्धिजीबिहरुको अगाडी प्रयोग गरेर देखाइयो । तर सरकारी प्रमाण नभएको कारण यसलाई बजारमा बिक्रीको लागि पठाउन सकिएन । सरकारले यो कुरामा हामीलाई सहयोग गरे हामी यसलाई बजारमा पनि पठाउन सक्छौ र यो एकदम ढुक्कका साथ सफल पनि हुन्छ ।
१०) कति जना कामदारको साथमा काम गर्दै हुनुहुन्छ ?
अहिले म संग काम गर्नको लागि २५ जना कामदार हुनुहुन्छ । जसमा महिला पुरुष समानान्तर हुनुहुन्छ । बिषेश गरी हामीले युवाहरुलाई काम दिएका छौ ।
११) बैदेशिक रोजगार कम गर्न के गनुपर्ला र हजुरलाई यो कामको लागि मिडियाको सहयोग कत्तिको छ ?
बैदेशिक रोजगार कम गर्नको लागि पहिले त युवाहरुले आफ्नो क्षमता चिन्ने र क्षमता छ भने त्यही अनुसार काम अगाडि बढाउने । यदि छैन भने पहिले केही सिप सिक्ने र आफ्नो क्षमता बढाउने , मिलेर एउटै कामलाई निरन्तरता दिने र सधै आफ्नो स्थानीय श्रोत साधनको भरपुर उपयोग गर्ने । बैज्ञानिक तरिकाबाट ब्यापार ब्यबसाय संचालन गर्ने गर्नु पर्दछ । कृषि पेशामा लाग्ने र सकारात्मक सोचेर अगाडि बढ्ने । यसरी बैदेशिक रोजगारमा जाने युवाहरुमा कमि गर्न सकिन्छ । मिडियाको पनि एकदमै सहयोग छ ।आज म जुन ठाँउमा छु, त्यसको श्रेय मिडियालाई र मिडियाका पत्रकार साथीहरुको एकदमै सहयोग छ । साथसाथै आगामी दिनमा पनि मिडिया र मिडियाकर्मीबाट अझै धेरै सहयोगको आस गरेको छु ।
१२)दंगाली जनतालाई के भन्न चाहनुहुन्छ ? र अत्यमा केही छुटेको भए भनिदिनुस न ।
त्यस्तो त केही छैन । तर पनि आमदंगाली दाजुभाई तथा दिदि बहिनीहरुले जुन साथ सहयोग र बिश्वास दिनुभएको छ । त्यसलाई आगामी दिनहरुमा अझै बढाउदै लग्नुहुनेछ भन्ने आशा लिएको छु । एक दिन नेपाललाई बैज्ञानिक कामहरुमा पनि बिश्व सामु चिनाउने प्रयास गर्ने छु । आज सम्म सरकार र सरकारी निकायबाट सहयोग नभएपनि आगामी दिनहरुमा युवाहरुलाई सरकारले सहयोग गर्ने छ । भन्ने बिश्वास लिएको छु । हाम्रो यस मेल्टा टेक्नोलोजी भन्ने यस कम्पनीले उत्पादन गरेको बैज्ञानिक उपकरणहरु हजुरहरुले बिश्वार गरेर स्थानीय श्रोत साधनहरु प्रयोगबाट नेपालमा बनाइएको यो साधनलाई घर, होटल, अफिस र कलकारखाना, अस्पतालहरुमा प्रयोग गरी मलाई र युवाहरुले गरेका कामलाई सफल र सहयोग गरिदिनुहुने छ भन्ने आशा गरेको छु । म संग मिलेर काम गर्ने अथवा नयाँ बिजनेस, नयाँ आइडिया, गनैमा पनि मैले युवाहरुलाई सहयोग गर्ने छु र हजुरले आज मलाई यस देउखुरी टुडे पत्रिकामा मेरा कुरा राख्ने स्थान दिनुभएकोमा पत्रिकालाई, पत्रकार दिपक वलीलाई र साथसाथै यो पत्रिका पढ्नेलाई आफ्नो अमुल्य समय दिनु भएकोमा मनै देखि बिशेष बिशेष धन्यबाद दिन चाहन्छु र म संग सम्पर्क गर्न चाहानुहुन्छ र थप जानकारी लिन चाहानुहुन्छ भने मेरो मोबाइल नम्बर ९८१०९८३०५३ मा संम्पर्क गर्न सक्नुहुन्छ ।

(साभार ः देउखुरी टुडे साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!