०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरी जयसपुर बिओपीले २ लाख २० हजारको अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीले नेपालगन्जको वडा नम्बर १६ मा रहेको सिमा नाकाबाट भारतबाट लुकाईछिपाई ल्याउदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बलको जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको कमान्डमा गएको टोलीले गएराती साढे १० बजे भारतबाट ल्याउदै गरिएका २ लाख १९ हजार ५०० रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।सशस्त्र प्रहरी निरीक्षक सुनुवार राईको कमान्डको टोलीले मोटरसाइकलमा लाग्ने ५५ थान ब्याट्री,बजाज मोबिल २० थान, १ बोरा बच्चाको खेलौन,खसी ३ वटा,३ पोका पानको पात, मोटरसाइकलमा प्रयोग हुने २ थान हेडलाईट,मोटरसाइकलको टेल्पाइनर १ सेट, मोटरसाइकलको भाइजर १ थान,मोटरसाइकलमा प्रयोग हुने मिटर कभर १ थान,र २० कार्टुन बल्भ जस्ता अवैध सामाग्री बरामद गरेको हो। बरामद गरिएका अवैध सामाग्रीलाई आजै भन्सार कार्यालय नेपालगन्ज पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!