०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र बियोपी जमुनाले दिनरात नभनेर सीमाबाट अवैध सामानहरु पक्राउ गर्दै

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

महेन्द्र सिंह
बाँके तिहार नजिकिँदै गर्दा सशस्त्र प्रहरीले बियोपी जमुना सीमा नाकामा अझ थप कडाई गरेको छ बिहीबार भन्सार छली गरेर ल्याइरहेको अवैध सामग्रीहरु दिनहुँजसो बरामद गरिरहेको सशस्त्र प्रहरी बाँकेले तिहार नजिकिएसंगै नाकामा हुने चोरी पैठारी, लागूऔषध ओसारपसार, मानव वेचबिखन जस्ता सबैखाले आपराधिक घटना रोक्न बाँके सशस्त्र प्रहरी बियोपी जमुना दिनरात लागिपरेको छ ।
यसै क्रममा बिहीबार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसेरीस्थित दशगजा नजिक भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याइँदै गरेको सामग्रीहरु बरामद गरेको छ । सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढोका कमाण्डामा खटिएको ७ जनाको गस्ती टोलीले लत्ताकपडा, मोटरसाइकलको रिंग केराउ र जुत्ता बरामद गरेको र युपी ३२ ईई ४२५५ नम्बरको मोटरसाइकलमा ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेर सामान र मोटरसाइकल छाडेर तस्कर भागेको सशस्त्र प्रहरीले जनाएको छ । १ लाख २२ हजार ३ सय ५० मूल्य बराबरका ती सामग्री आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बियोपी जमुना भन्सार प्रहरी साहेक निरीक्षक सन्तोष शर्माले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!