१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

नमुना काम गर्दै जनताको प्यारो बने सुनिल स्मृती-४ का वडाअध्यक्ष क्षेत्री ।।

Logo
प्रकाशित मंगलबार, जेठ ०८, २०७५

मनिषा राई ÷ रोल्पा ज्येष्ठ ८
पूर्वि रोल्पाको सुनिल स्मृति गाउपालिका नयाँ सोचका साथ अगाडी बढ्दै गाउपालिका कै एक नमुना वडा बन्दै गएको छ । यसैक्रममा सुनिल स्मृति गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । बिकसीत सुचना प्रविधी संगै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।
निर्बाचित भए देखि नै आफ्नो वडा लाई नमुना वडा बनाउने लक्ष्य लिएर अगाडी बढेका सुनिल स्मृति गाउपालिका ४ का वडाअध्यक्ष गन्ज बहादुर क्षेत्रीले परम्परागत प्रणालीका कारण समयको बरबादी संगै बिस्वस्नीयता पनि कम हुने भएकोले गाउँपालिका अन्तरगतका कर्मचारीहरुका लागि इ एटेन्डेन्स सुरुवात गरिएको बताउनुभयो । वडामा बिभिन्न बिकास निर्माणका कार्य संगसंगै संस्थागत कार्यमा पनि क्षमता भएका वडाअध्यक्ष क्षेत्रीले वडा कार्यालय लगायत आफ्ना वडा भित्र पर्ने सरकारी कार्यालयहरुलाई पनि डीजिटलमय बनाउनुभएको छ । दुई महिना अगाडी मात्र स्थानीय तह मै पहिलो पटक डीजिटल नागरिक वडापत्र द्वारा जनतालाई सुचना दिदै आएको उक्त कार्यालयमा कर्मचारीका लागि डिजिटल हाजिरी प्रणाली समेत जडान गरिएको छ । यसका साथै सूचना आदान प्रदान गर्नको लागि सोही अनुसारको प्रविधी समेत बनाइएको छ ।
यस्तै बिकास निर्माणका कार्यहरुमा वडा नं. ४ को कार्यालय गाउपालिका को कार्यालय भन्दा धेरै अगाडी रहेको छ । यसै गरि वडा कार्यालयको साथै प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरको ब्यबस्थापन समितिको अध्यक्ष्य समेत रहनुभएको वडाअध्यक्ष क्षेत्रीले स्वास्थ्य संस्थामा पनि धेरै सुधार ल्याउनुभएको छ । आर्थिक कारोबारलाइ छिटो छरितो र पारदर्सी बनाउनको लागि छरिएको प्रणालीलाई ल्याव, फार्मेसी र ओपिडिको हिसाब एकद्वार प्रणालीवाट संचालन गर्न हस्पितल सफटोयर समेत जडान गरिएको छ । आगामी दिनमा बिधुतिय हाजिरि प्रणाली वडाका सम्पूर्ण बिद्यालयमा समेत राख्ने र इन्टरनेट पनि उपलब्ध गरिने योजना रहेको समेत वडाअध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

आ.व २०७४÷०७५ को लागि वडाबाट विनियोजित रकमहरुको करिब ८०५ योजनाहरु सम्पन्न भैसकेको र बाँकी योजनाकाका कामहरु पनि तिब्र रुपले अगाडी बढिरहेका छन् भने अब आ.व २०७५÷०७६ को लागि टोल टोलबाट योजनाहरु ल्याउन र जनताका कामहरु छिटो छरितो सम्बोधन गर्न तीनवटा कलष्टर बनाई वडा सदस्यहरुलाई परिचालित गरिएको छ । सुनिल स्मृति गाउपालिका मा रहेको ८ वटा वडामध्ये सबैको नजर परेको वडा नं.४, युवा र पढेलेखेको वडाध्यक्ष भएकोले पनि नया सोचाइका साथ बिकास निर्माणका कामसंगै अन्य वडाको तुलनामा अगाडि रहेको स्थानियहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेशका अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको छ । एसपीलाई फोनमा ‘को हो तिमीहरु’ […]

  धनुषा । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैचामा राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरूको समूहले भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले बताए । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक […]

काठमाडौं । जिल्ला अदालत काठमाण्डूले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक आज (बिहिबार) जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो […]

error: Content is protected !!