०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

सरकारी सम्पतिको चरम दुरुपयोग गाडी मर्मत गर्न ५८ लाख खर्च देखाउदै

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(दिपेन्द्र थापा क्षेत्री)
सुर्खेत कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो । गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश गरिएको छ । समृद्धि इन्टरप्राइजेजले गाडी मर्मतका लागि ५८ लाख ६९ हजारको अनुमानित खर्च विवरण पेश गरेको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार यो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । ‘कम्पनीले खरिद मूल्यभन्दा बढी अनुमानित मर्मत खर्च पेश गरेको छ,’ गुरुङले भने, ‘सचिवालयले यान्त्रिक कार्यालयमार्फत यसको प्राविधिक जाँच गर्छ ।’
अनुमानित खर्च निकै धेरै पेश भएकाले गाडी मर्मत प्रक्रिया अगाडि नबढाएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘यस विषयमा बिमा कम्पनीसँग छलफल गरेपछि मात्र अघि बढ्न सकिन्छ’ उनले भने ।
बिमा कम्पनीले भने गाडी मर्मत गर्न इन्जिनयर पठाएको जानकारी दिएको छ ।
सत्तारुढ नेकपाका सांसद कँडेलले लामो समयसम्म विपक्षी दलका नेता सरहको सेवा सुविधा लिँदै आएका थिए । त्यही कारण संसद सचिवालयले गाडी उपलब्ध गराएको थियो । महालेखाले बेरुजु देखाएपछि भने कँडेलले आर्थिक वर्ष २०७७ को साउनदेखि प्रदेशसभा सदस्यको मात्र सुविधा दिन भनेका थिए । सभार नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]