२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

पश्चिम रुकुममा जीप दूर्घटना हुँदा ५ जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

(ABC Sanchar)
रुकुम दूर्घटनाका घाइते आठबिसकोट नगरपालिका वडा नं ८ का ५८ वर्षीय लालबहादुर सार्कीको मृत्यु भएको छ ।
उनलाई उपचारका लागि नेपालगञ्ज तर्फ लैजाने क्रममा जाजरकोटमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता लक्ष्मण वलीले जानकारी दिए ।
त्यसअघि घटनास्थलमै थप ४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परि घटनास्थलमै आठबिसकोट–८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र कलिभान नेपालीको मृत्यु भएको थियो ।
शुक्रबार बेलुका साढे ८ बजेतिर भएको आठबिसकोट नगरपालिका वडा नं। ७ मा आठबिसकोट वडा नं १० को घारीखोलाबाट जन्ति गएर घर फर्किरहेका मानिसहरु सवार रा १ ज ५८९ नम्बर जिप साईड लगाउने क्रममा खसेको थियो ।
जीप झन्डै १ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जानकारी दिएको छ । फरार जीप चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]