१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

बिजुवारमा एक महिने सिलाई तालिम उद्घाटन

Logo
प्रकाशित बुधबार, जेठ ०९, २०७५

आयोजक भन्छ ,तालीम उपलब्धिपुर्ण बनाउन इच्छाशक्ति र लगनशीलता आबश्यक छ।

राम बहादुर बिश्व्वकर्मा
ब्यक्तिको सिप नै उसको जिउने आधार भएकाले वडाबासिलाई सिप प्रदान गरि ब्यबसाय र उत्पादनमा अगाडी बढाई आत्मनिर्भर बनाउने उद्देश्यले सीप बिकास तालिम प्रदान गरिएको प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मीप्रसाद राजभण्डारीले बताउनुभयो ।
प्युठान नगरपालिका ४ को आर्थिक सहयोग तथा ग्रामीण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा बिजुवारमा सुरु गरिएको १ महिने सिलाई कटाई तालिमको उद्घाटनको अबसरमा राजभण्डारीले यस्तो बताउनुभएको हो।

अब सबैको ध्यान उत्पादन गरि कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने तर्फ जोड दिनु पर्छ भन्दै उहाले भन्नुभयो ”
तालीम तालिमका लागि मात्र होईन तालिम ब्यबहारिक उपलब्धिमा परिणत हुनु आबश्यक रहनु पर्दछ, तालिम पश्चात् व्यावसायिक बन्ने परण गर्दै अगाडी बड्नुस हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ ।”

उत्पादन र उद्घमशिल बिकासमा अगाडी बढ्न सकेमा मात्र आर्थिक समृद्धि कायम हुन सक्ने भन्दै सरोकार निकायले उद्दमशिलताको क्षेत्रमा बजेट बिनियोजन गर्न आबश्यक रहेको आयोजक सस्थाकी कार्यक्रम संयोजक रन्जना श्रेष्ठले भन्नभयो -“इच्छाशक्ति र लगनशील बिना कुनै पनि कामको उपलब्धि प्राप्त गर्न नसकिने हुदा यस्तो सिपबिकास तालीममा सहभागी हुनुहोस तपाईंको व्यावसायिक बन्ने उदेश्य पुरा हुन्छ।”

नेपाललाई संवृद्ध बनाउन अब हामी आफैँले कर्म गर्नुपर्छ भन्ने हाम्रो अभियान हो ।’–आयोजक सस्थाका अध्यक्ष इन्द्रमणी पोख्रेल ले भन्नुभयो “नेपालको मुख्य समस्या भनेको गरिबी र बेरोजगार हो, ब्यक्तिलाई आत्मनिर्भर बनायौँ भने गरिबी अन्त्य हुन सक्छ यसका लागि उद्योग व्यवसाय गर्नुपर्छ,यही उद्देश्य लिएर स्थापना भएको सस्थाले जिल्लामा कयौं बर्ष देखी यस्ता कार्य गर्दै आएको छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरिएको सिआईबी प्रमुख डा. मनोज केसीले पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री कार्यालयकाे वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप लगाइएकाे छ ।

काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  । लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन । […]

error: Content is protected !!