०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बिजुवारमा एक महिने सिलाई तालिम उद्घाटन

Logo
प्रकाशित बुधबार, जेठ ०९, २०७५

आयोजक भन्छ ,तालीम उपलब्धिपुर्ण बनाउन इच्छाशक्ति र लगनशीलता आबश्यक छ।

राम बहादुर बिश्व्वकर्मा
ब्यक्तिको सिप नै उसको जिउने आधार भएकाले वडाबासिलाई सिप प्रदान गरि ब्यबसाय र उत्पादनमा अगाडी बढाई आत्मनिर्भर बनाउने उद्देश्यले सीप बिकास तालिम प्रदान गरिएको प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मीप्रसाद राजभण्डारीले बताउनुभयो ।
प्युठान नगरपालिका ४ को आर्थिक सहयोग तथा ग्रामीण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा बिजुवारमा सुरु गरिएको १ महिने सिलाई कटाई तालिमको उद्घाटनको अबसरमा राजभण्डारीले यस्तो बताउनुभएको हो।

अब सबैको ध्यान उत्पादन गरि कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने तर्फ जोड दिनु पर्छ भन्दै उहाले भन्नुभयो ”
तालीम तालिमका लागि मात्र होईन तालिम ब्यबहारिक उपलब्धिमा परिणत हुनु आबश्यक रहनु पर्दछ, तालिम पश्चात् व्यावसायिक बन्ने परण गर्दै अगाडी बड्नुस हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ ।”

उत्पादन र उद्घमशिल बिकासमा अगाडी बढ्न सकेमा मात्र आर्थिक समृद्धि कायम हुन सक्ने भन्दै सरोकार निकायले उद्दमशिलताको क्षेत्रमा बजेट बिनियोजन गर्न आबश्यक रहेको आयोजक सस्थाकी कार्यक्रम संयोजक रन्जना श्रेष्ठले भन्नभयो -“इच्छाशक्ति र लगनशील बिना कुनै पनि कामको उपलब्धि प्राप्त गर्न नसकिने हुदा यस्तो सिपबिकास तालीममा सहभागी हुनुहोस तपाईंको व्यावसायिक बन्ने उदेश्य पुरा हुन्छ।”

नेपाललाई संवृद्ध बनाउन अब हामी आफैँले कर्म गर्नुपर्छ भन्ने हाम्रो अभियान हो ।’–आयोजक सस्थाका अध्यक्ष इन्द्रमणी पोख्रेल ले भन्नुभयो “नेपालको मुख्य समस्या भनेको गरिबी र बेरोजगार हो, ब्यक्तिलाई आत्मनिर्भर बनायौँ भने गरिबी अन्त्य हुन सक्छ यसका लागि उद्योग व्यवसाय गर्नुपर्छ,यही उद्देश्य लिएर स्थापना भएको सस्थाले जिल्लामा कयौं बर्ष देखी यस्ता कार्य गर्दै आएको छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]