१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

मनकारी बाँके प्रहरी हराएको ४ लाख सम्बन्धित व्यक्तिलाई बुझायो

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(महेन्द्र सिंह)
बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जले हराएको चार लाख पाँच दिन पछि भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर ८ गते बानियाभार जाने क्रममा झोला सहित उक्त रकम हराएकी थिइन ।
रकम हराएको विषयमा उनले वडा प्रहरी कार्यालय नेपालगन्जमा निवेदन दिएकी थिइन ।
निवेदन प्राप्त भएपछि वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक दिल्ली बहाखुर खड्काले तत्काल खोजतलासमा खटिएका थिए ।
उनलै हराएको पैसा भेटाएपछि सोमवार बिकलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!