२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

मनकारी बाँके प्रहरी हराएको ४ लाख सम्बन्धित व्यक्तिलाई बुझायो

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(महेन्द्र सिंह)
बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जले हराएको चार लाख पाँच दिन पछि भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर ८ गते बानियाभार जाने क्रममा झोला सहित उक्त रकम हराएकी थिइन ।
रकम हराएको विषयमा उनले वडा प्रहरी कार्यालय नेपालगन्जमा निवेदन दिएकी थिइन ।
निवेदन प्राप्त भएपछि वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक दिल्ली बहाखुर खड्काले तत्काल खोजतलासमा खटिएका थिए ।
उनलै हराएको पैसा भेटाएपछि सोमवार बिकलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]