०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

तुल्सीपुर मालपोत मुद्दा फाँटको सेवा मंसिर १९ गते सम्मको लागि बन्द

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

(तेज वली)
दाङ । तुलसीपुर मालपोत कार्यालयमा केही दिन अघि एक नायब सुव्वा र कार्यालय सहयोगीलाई अख्तियारले घुससहित पक्राउ गरेपछि कर्मचारीको अभाब देखाउँदै मालपोत कार्यालय तुलसीपुरले सेवा बन्द गरेको जनाएको छ । कार्यालय प्रमुख नरेश खड्काले एक सूचना जारी गरि मंसीर १९ गतेसम्म कार्यालयको मुद्दा फाटको सम्पूर्ण सेवा बन्द भएको जानकारी गराएका हुन् । कर्मचारी अभाब हुँदा मुद्दा फाँटका कर्मचारीले अन्य शाखामा बसेर काम गर्नुपर्ने भन्दै सेवा बन्द गरिएको हो ।
साथै आफु  मंगलबार कार्यालयकै कामकालागि काठमाडौ जानुपर्ने भएकाले सेवा स्थगित भएको सूचनामा भनिएको छ । यस अघि कार्यालयका दुई कर्मचारी तीनलाख २० हजार घुस सहित पक्राउ परेका थिए । यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । घुससहित कर्मचारी समातिएपछि अहिले कार्यालयको सेवा प्रभाबित हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!