२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तुल्सीपुर मालपोत मुद्दा फाँटको सेवा मंसिर १९ गते सम्मको लागि बन्द

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

(तेज वली)
दाङ । तुलसीपुर मालपोत कार्यालयमा केही दिन अघि एक नायब सुव्वा र कार्यालय सहयोगीलाई अख्तियारले घुससहित पक्राउ गरेपछि कर्मचारीको अभाब देखाउँदै मालपोत कार्यालय तुलसीपुरले सेवा बन्द गरेको जनाएको छ । कार्यालय प्रमुख नरेश खड्काले एक सूचना जारी गरि मंसीर १९ गतेसम्म कार्यालयको मुद्दा फाटको सम्पूर्ण सेवा बन्द भएको जानकारी गराएका हुन् । कर्मचारी अभाब हुँदा मुद्दा फाँटका कर्मचारीले अन्य शाखामा बसेर काम गर्नुपर्ने भन्दै सेवा बन्द गरिएको हो ।
साथै आफु  मंगलबार कार्यालयकै कामकालागि काठमाडौ जानुपर्ने भएकाले सेवा स्थगित भएको सूचनामा भनिएको छ । यस अघि कार्यालयका दुई कर्मचारी तीनलाख २० हजार घुस सहित पक्राउ परेका थिए । यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । घुससहित कर्मचारी समातिएपछि अहिले कार्यालयको सेवा प्रभाबित हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!