बाँके । नेपालगन्ज जयसपुरस्थित इलाका प्रहरी कार्यालयको पुरानो भवन भत्काउन थालिएको छ।
वि.सं. २०१७ सालमा निर्माण गरिएको उक्त ऐतिहासिक भवन अहिले भत्काउने काम भइरहेको छ। लामो समयदेखि प्रहरी कार्यालयका रूपमा प्रयोग हुँदै आएको यस भवनले आफ्नो छुट्टै इतिहास बोकेको छ।
करिब ६ दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहेको भवन भत्काइँदै गर्दा यस क्षेत्रको पुरानो इतिहाससँग जोडिएको एउटा संरचना पनि बिदा हुँदैछ। पुरानो भवन भत्काइँदै गरेको दृश्यले जयसपुरको विगतलाई सम्झाउने गरेको स्थानीयले बताएका छन् ।