०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

नेपाल प्रहरीका दुई AIG को स्वागत तथा विदाई

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान बिभागबाट यस कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पाललाई आज एक समारोहका विच यस कार्यालयबाट सरुवा भइ जान लाग्नु भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले स्वागत गर्नु भयो । स्वागत कार्यक्रममा सम्मान गार दले सलामी अर्पण गरे पश्वात पदभार ग्रहण गर्नुभई उपस्थित कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नु भयो । उक्त अवसरमा कार्यालयबाट प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान बिभागमा सरूवा भई जान लाग्नु भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेललाई कार्यालयको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पालले मायाको चिनो प्रदान गरि विदाई गर्नु भयो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरू , सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!