०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बाँके प्रहरीले ब्राउन सुगरसहित एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०४, २०७७

(महेन्द्र सिंह)
बाँके। कोहलपुर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका इन्द्रमणि गौतमलाई ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोहलपुरको एनटिभीरोडमा लागु औषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा ब्यूरो र जिप्रका टोली पुगेको थियो । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनले लगाएको पाइन्टको गोजीमा लागु औषध ब्राउनसुगर बरामद भएको प्रहरीको भनाई छ ।
गौतम यसअघि जाजरकोटमा चरेशसहित पक्राउ परेर १८ महिना कैद भुक्तान गरेर छुटेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!