०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मन्त्रिमण्डल पुर्नगठनको हुने बादलले राजिनामा दिने बामदेब गृहमन्त्री हुने सम्भावना

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(ABC Sanchar)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । सात मन्त्रीले राजिनामा दिएपछि उनले यसको तयारी गरेका हुन् ।

अब जो सुकै व्यक्ति पनि मन्त्री बन्न सक्ने अवस्था छ । यस्तो अवस्थामा पार्टीको समिकरणलाई बलियो बनाउने गरी मन्त्रिमण्डल उनले पुनर्गठन गर्न लागेको स्रोत बताउँछ ।

संसद बिघटनको कदमप्रति असहमति जनाउँदै सात मन्त्रीले आइतबार राजिनामा दिइसकेका छन् । रक्षा मन्त्रालय यसअघिदेखि नै रिक्त छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि राजिनामा दिने सम्भावना छ ।

यो अवस्थामा प्रचण्ड तथा माधव नेपाल निकट बलियो पकड भएको समूहलाई सरकारमा राख्ने रणनीति बालुवाटारको छ ।

स्रोतका अनुसार गृहमन्त्री पाए ओलीको कदममा साथ दिने नेता वामदेव गौतमको तयारी छ । त्यसकारण उनी दुवै गुटमा सहभागी भएका छैनन् । हाल शिक्षा, पर्यटन, उर्जा, कृषि, श्रम, खानेपानी र वन मन्त्रालय रिक्त भएका छन् ।

मंगलबार दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाएका छन् । जसमा एकले अर्कालाई कारबाही गर्ने सम्भावना छ ।

पार्टी वारपार भएपछि ओलीले नयाँ मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरेका छन् । सोहीकारण केही नेताहरु दुवै गुटको बीचमा बसेका छन् ।
दृष्‍टि साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!