०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

होटलमा उधारो खादै ठगी गर्दै फरार राम कुमार थारुलाई प्रहरीले खोज्दै

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

(ABC Sanchar) बाँके। नेपालगन्ज न्युरोडमा रहेको क्यापिटल होटलमा २०७६/१०/१ गते विभिन्न मान्छेहरुलाई होटलमा ल्याई लगातार ५ दिनसम्म दाल भात मासु रक्सी बियर चुरोट चिया नास्ता लगाएत खाएर १३ हजार २ सय १५ रुपैयाँ अहिलेसम्म नदिएर फरार रहेका छ्न । होटल क्यापिटलका संचालक छवि केसीले पटक पटक फोन गरेर होटलमा खाएको बसेको पैसा माग्दा सम्म बेवास्ता गरे पछी हुक्क भएर ABC संचारको ब्युरो कार्यालय नेपालगन्जमा आएर आफ्नो गुनासो गरे होटल भाडामा छ । महिनाको ९० हजार घरबेटीलाई बुझाउनु पर्छ । अरुको झुठो भाडा माझेर कर्मचारी पालेर होटल संचालन गरेको तर पनि अलि अलि उधारो रकम ठगन्नेहरुले गर्दा र लामो समय लकडाउनले गर्दा व्यावसायि धरापमा परेको होटल संचालक केसीले बताए । यस विषयमा बैजनाथ ४ तिलक गाउँ नौबस्ता निवासी राम कुमार थारुसंग जिज्ञासा राख्दा हो मैले साथीहरू लगेर होटलमा बसेको हो तिर्छु मात्र भने समाचार नहाल्नु अनुरोध गरे तेस्रो पटक 9848034116 नम्बरमा फोन गर्दा मोबाइल अफ गरेका छ्न । क्यापिटल होटल संचालक केसीले १ बर्ष पुग्दासम्म होटलमा खाएको पैसा नदिए पछी ठगीको उजुरी लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चंन्दलाई भेटर उजुरी दिए पछी डिएसपी चंन्दले खोजी कार्य जारी रहेको मान्छे भेटाए तत्काल पक्राउ गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!