०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

आफू विरुद्ध हस्ताक्षर गर्ने मन्त्रीलाई प्रदेश १ का मुख्यमन्त्रीले हटाए

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

(ABC Sanchar) काठमाडौं । आफू विरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि प्रदेश नं १ मा एक मन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका छन्। मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई हटाएका हुन। आङ्बो पूर्वमाओवादी नेता पनि हुन्। उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन्। मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालिन माअ‍ोवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई शनिवार साँझ पदमुक्त गरेका हुन्। रामवहादुर थापा बादल निकट आंबो पछिल्लो समय उनको साथ छाडेर प्रचण्डतिर लागेका छन्। मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!