२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

अनिवार्य अवकास भएर जानेलाई बिदाई गर्दै बाँके एसपी: राना

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७


(सागर थापा /महेन्द्र सिंह) बाँके।नेपाल प्रहरी संगठनमा प्रवेश गरि देशका विभिन्न जिल्लाहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठापुर्वक समर्पित भई संगठनले दिईएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले ईमान्दारिताका साथ सफल कार्यकाल पुरा गरि सेवा अवधिको आधारमा अनिवार्य अवकास भई जान लाग्नु भएका प्र.ना.नि. तथा प्र.स.नि.हरुलाई जि.प्र.का.बाकेको तर्फबाट बिदाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा अवकास भई जान लाग्नु भएका प्र.ना.नि.तथा प्र.स.नि.हरुले आफु संगठनमा रहदा सदैव संगठनको हित हुने काम गरेको र अवकास पछि दिनमा पनि संगठनलाई हित हुने काम गर्छु भन्दै प्रहरी सेवाबाट अवकास भएता पनि संगठनको सदस्य सदैव रहि रहने भएकोले अवको नागरिक जिवनमा समेत प्रहरी संगठनलाई सहयोग हुने काममा निरन्तर लाग्ने अभिव्यक्ति व्यक्त गर्दै विभागले आवश्यक ठानेको बखतमा अवकास पछिको दिनमा पनि देश र जनताको निमित्त सदैव तत्पर रहने छु भन्दै आफ्नो मनतव्य व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा यस कार्यालय प्रमुख प्र.उ.ओम बहादुर रानाज्यूले आज अवकास भई जान लाग्नु भएका प्र.ना.नि तथा प्र.स.नि.हरुले नेपाल प्रहरी संगठनमा रहि ईमान्दारीताका साथ संगठनलाई दिएको अमुल्य योगदान प्रति उच्च सम्मान व्यक्त गर्दै जि.प्र.का.बाँकेको तर्फबाट मायाको चिनो प्रदान गर्दै अवकास पछिको व्यक्तिगत तथा पारिवारिक जिवन सुखमय रहोस भनि शुभ-कामना व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

error: Content is protected !!