२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

यसकारण दिए बिद्यार्थिले उम्मेद्धवारी

Logo
प्रकाशित शुक्रबार, जेठ १८, २०७५

दाङ १८ जेठ/ एविसी संचार – शुक्रबार दिउँसो दाङको अल्फा बोर्डिङ स्कुलमा बेग्लै चलहपहल थियो । सधै जसो कक्षाकोठामा भेटिने २०० भन्दा बढी विद्यार्थीहरु लामबद्ध थिए । शिक्षकहरु विद्यार्थीको लाइन मिलाउँदै अनुशासन सिकाउँदै थिए ।
कक्षा १० को पाठ्क्रममा भएको निर्वाचन सम्बन्धी ज्ञानलाई प्रयोगात्मक तरिकाले बुझाउनका लागि विद्यालयले निर्वाचन कार्यक्रम आयोजना गरेको थियो विद्यालयले यसो गर्नुको कारण थियो विद्यालयमा विद्यार्थीहरु बीच निर्वाचन गराउनु ।
निर्वाचन व्यवस्थापनको जिम्मेवारी विध्यालयले गरेको थियो भने निर्वाचनमा कक्षा ६ देखि १० कक्षासम्मका २९५ जना विद्यार्थीहरु सहभागी थिए ।
विद्यार्थीबीचमा गरिएको निर्वाचनमार्फत विद्यालय क्याप्टेन र सहायक क्याप्टेन चयन गरिएको शिक्षक तथा निर्वाचन आयुक्त कुल बहादुर बुढाथोकिले बताऊनु भयो । क्याप्टेन र सहायक क्याप्टेन पदका लागि ९ जनाले उम्मेदवारी दिएका थिए ।
बुढाथोकि ले भने “निवार्चन भनेको के हो ? कसरी गर्ने ? किन आवश्यक छ ? जस्ता प्रश्नका उत्तर खोज्नका लागि पनि आजको कार्यक्रम सहयोगी बन्यो ।” जसरी राज्यका हरेक तहमा निर्वाचन हुन्छ सोही शैली विद्यालयमा पनि अपनाइएको उनको भनाइ थियो ।
विद्यालयमा अध्ययनरत कक्षा १० का छात्र अायुस न्यौपाने ले पहिलो पटक भोट हाल्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, “निर्वाचन के हो ? कसरी हुन्छ ? किन आवश्यक छ ? कुराहरु जान्न पाएँ ।”
सबै विद्यार्थीलाई समेटी निवार्चन गराउँदा धेरै कुरा सिक्न पाएको न्यौपानेको सहपाठी समीप अधिकारिले बताए । यसरी प्रयत्क्ष रुपमा चुनाव गरी पाठ्यक्रममा भएका कुराहरु प्रयोगात्मक गर्दा धेरै कुराहरु सिक्न पाएको जानकारी दिए ।
विद्यार्थीहरुले चुनावका लागि घोषणा पत्र समेत तयार गरेका थिए । भने उम्मेदवारका लागि चुनाव चिन्ह पनि तोकिएको थियो ।उम्मेदवारीका लागि कक्षा ८-१० का बिध्यार्थिले मात्र उम्मेदवारी दिन पाउने नियम थियो ।त्यसै गरि विध्यालयको क्याप्टेनमा सुन्दर थापा र सहायक क्याप्टेनमा श्रिसा योगि विजयि भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!