०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

यसकारण दिए बिद्यार्थिले उम्मेद्धवारी

Logo
प्रकाशित शुक्रबार, जेठ १८, २०७५

दाङ १८ जेठ/ एविसी संचार – शुक्रबार दिउँसो दाङको अल्फा बोर्डिङ स्कुलमा बेग्लै चलहपहल थियो । सधै जसो कक्षाकोठामा भेटिने २०० भन्दा बढी विद्यार्थीहरु लामबद्ध थिए । शिक्षकहरु विद्यार्थीको लाइन मिलाउँदै अनुशासन सिकाउँदै थिए ।
कक्षा १० को पाठ्क्रममा भएको निर्वाचन सम्बन्धी ज्ञानलाई प्रयोगात्मक तरिकाले बुझाउनका लागि विद्यालयले निर्वाचन कार्यक्रम आयोजना गरेको थियो विद्यालयले यसो गर्नुको कारण थियो विद्यालयमा विद्यार्थीहरु बीच निर्वाचन गराउनु ।
निर्वाचन व्यवस्थापनको जिम्मेवारी विध्यालयले गरेको थियो भने निर्वाचनमा कक्षा ६ देखि १० कक्षासम्मका २९५ जना विद्यार्थीहरु सहभागी थिए ।
विद्यार्थीबीचमा गरिएको निर्वाचनमार्फत विद्यालय क्याप्टेन र सहायक क्याप्टेन चयन गरिएको शिक्षक तथा निर्वाचन आयुक्त कुल बहादुर बुढाथोकिले बताऊनु भयो । क्याप्टेन र सहायक क्याप्टेन पदका लागि ९ जनाले उम्मेदवारी दिएका थिए ।
बुढाथोकि ले भने “निवार्चन भनेको के हो ? कसरी गर्ने ? किन आवश्यक छ ? जस्ता प्रश्नका उत्तर खोज्नका लागि पनि आजको कार्यक्रम सहयोगी बन्यो ।” जसरी राज्यका हरेक तहमा निर्वाचन हुन्छ सोही शैली विद्यालयमा पनि अपनाइएको उनको भनाइ थियो ।
विद्यालयमा अध्ययनरत कक्षा १० का छात्र अायुस न्यौपाने ले पहिलो पटक भोट हाल्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, “निर्वाचन के हो ? कसरी हुन्छ ? किन आवश्यक छ ? कुराहरु जान्न पाएँ ।”
सबै विद्यार्थीलाई समेटी निवार्चन गराउँदा धेरै कुरा सिक्न पाएको न्यौपानेको सहपाठी समीप अधिकारिले बताए । यसरी प्रयत्क्ष रुपमा चुनाव गरी पाठ्यक्रममा भएका कुराहरु प्रयोगात्मक गर्दा धेरै कुराहरु सिक्न पाएको जानकारी दिए ।
विद्यार्थीहरुले चुनावका लागि घोषणा पत्र समेत तयार गरेका थिए । भने उम्मेदवारका लागि चुनाव चिन्ह पनि तोकिएको थियो ।उम्मेदवारीका लागि कक्षा ८-१० का बिध्यार्थिले मात्र उम्मेदवारी दिन पाउने नियम थियो ।त्यसै गरि विध्यालयको क्याप्टेनमा सुन्दर थापा र सहायक क्याप्टेनमा श्रिसा योगि विजयि भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]