२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

कुवेतमा सरकार विघटन राजाद्वारा राजीनामा स्वीकृत

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

(ABC Sanchar)
कुवेत सिटी । कुवेतको सोमबार सरकार विघटन भएको छ।
प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन।

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन।

प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा चढाका थिए।

तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए। उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!