२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

घोराहीमा सञ्चालित युनाइटेड मन्टेश्वरी र शान्ति निकेतन वोर्डिङलाई यस्तो चेतावानि

Logo
प्रकाशित शुक्रबार, जेठ १८, २०७५

सागर थापा दाङ
युनाइटेडको दर्ता प्रकृया नपुगेको र शान्ति निकेतनको गुठिको जग्गालाई प्रालिमा लैजान मिल्दैन–शिक्षा शाखा नारायण पौडेल

घोराही, १८ जेठ । घोराही उपमहानगरपालिकाको शिक्षा शाखा र घोराही उपमहानगरपालिकाको वडा नम्बर १५ को संयुक्त आयोजनामा नगर क्षेत्रको शिक्षा सुधारका लागि संयुक्त अनुगमन जारी राखिएको छ । नगर क्षेत्रको शैक्षिक सुधारका निमित्त शुक्रवार पनि केही सामुदायिक तथा निजि विद्यालय, मन्टेश्वरी विद्यालय र लेडिज होस्टेलको अनुगमन गरीएको हो । उपमहानगरको शिक्षा शाखा र वडा कार्यालय १५ को अगुवाईमा शिक्षक महासंघ, प्यावसन र विद्यार्थी
संगठनहरु र पत्रकारको सहभागितामा विद्यालयहरुको अनुगमनलाई उपमहानगरले जारी राखेको
हो ।

यसैक्रममा आज शुक्रवार घोराही उपमहानगरपालिका १५ मा रहेको विद्यालयहरुको अनगुमन
गरीएको छ । वडा नम्बर १५ मा रहेको पद्मोदय विद्यालय, युनाइ टेड मन्टेश्वरी, शान्ति निकेतन वोर्डिङ, वेस्ट मन्टेश्वरी , परी लेडीज होस्टेल अनुगमन भएको छ ।

अनुगमनका क्रममा केही विद्यालयहरुमा शिक्षकहरु अनुपस्थितीसँगै विद्यालय पोषक समेत नलगाएको
, निवेदन विना शिक्षक काजमा बस्ने गरेको र शैक्षिक योजना र शैक्षिक सामग्री विना शिक्षक कक्षामा प्रवेश गर्ने गरेको पाईएको घोराही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण पौडेलले बताउनु भयो । उहाले अनुगमनकाक्रममा विद्यालय र त्यहा कार्यरत शिक्षकहरुलाई सचेत गराइएको र आगामि दिनमा ऐन, नियममा अटेर गरेर जथाभावि काम गरेर कानुन वमोजिम कारवाही गरीने चेतावानि दिनु भयो । अनुगमन टोलिका सदस्य घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेले सामुदायिक विद्यालयमा निवेदन विनै काज विदा बस्ने र ड्रेस विना आउने शिक्षकहरुलाई नियम पद्धतिमा रहन आग्रह गर्दै पहिलोपटक सचेत गराईएको र फेरी अनुगमनमा आउदा ति कुराहरुमा सुधार नभएर कानुन वमोजिम कारवाही हुने भनेर विद्यालयलाई भनेको बताउनु भयो । उहाले घोराहीमा आफ्नो मनोमानिरुपमा मन्टेश्वरी विद्यालय खोल्नेक्रम बढ्दो अवस्थामा रहेको र ऐन नियम अनुसार मन्टेश्वरी विद्यालयहरु सञ्चालन नभएको पाईएको भन्दै घोराहीको काठेकोहल नजिकै वेस्ट मन्टेश्वरी दर्ता नभई सञ्चालनमा आएको पाईएपछि विद्यालयसंग भएका कागजातसहीत वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको र कागजपत्र नभएर चलाएको पाईएमो विद्यालय बन्द गर्ने चेतावानिसमेत दिनु भयो । वडा अध्यक्ष पाण्डेले केही मन्टेश्वरीको अनुमतिको प्रकृया नै ठिक नभएको भन्दै फेरी अनुगमनमा आउदा ऐन नियमअनुसारका कागजात दुरुस्त राख्न भनिएको बताउनु भयो । त्यस्तै अनुगमन टोलिका सदस्य विद्यार्थि नेता सन्तोष पोख्रेलले घोराहीमा ऐन नियम अनुसार कुनै पनि मन्टेश्वरी सञ्चालनमा नआएको र त्यस्ता मन्टेश्वरीलाई कानुनि दायरामा ल्याउन विद्यार्थि संगठनकोतर्फवाट सहयोग गर्ने बताउनु भयो । विद्यार्थि नेता पोखरेलले केही गुठिमा चलिरेहेका निजि विद्यालयलाई आपसि चलखेलका माध्यमवाट प्रालिमा ल्याउने कानुन विरोधि काम भएको भन्दै शैक्षिक गुठि अनुसार विद्यालयको शुल्क निर्धारण हुनुपर्ने र गुठिवाट सञ्चालित विद्यालयको शैक्षिक अनुमति प्रालिमा लैजादा कानुन सम्मत नपाईएको पनि बताउनु भयो ।
अनुगमन टोलीले सामुदायिक शिक्षकहरुलाई अनिबार्यरुपमा ड्रेस लगाउन र निबेदन
दिएर स्विकृत भए मात्रै बिदामा बस्ने निर्देशन दिइएको छ । साथै निजी विद्यालयमा
अभिभाबकहरु समिति नै गठन नगरि शैक्षिक शुल्क लिएको भन्दै तत्काल शिक्षा
नियमावली अनुसार अघि बढ्न निर्देशन दिएको छ । त्यसैगरी, टोलीले विद्यालयमा
सरसफाईको उचित व्यवस्थापन गर्न र शिक्षण सिकाईलाई बालमैत्री बनाउन
निर्देशन दिएको छ । जस अनुसार घोराही १५ स्थित युनाइ टेड मन्टेश्वरीको शैक्षिक अनुमति प्रकृयागत नरहेको भन्दै तत्कालिन वडा कार्यालयमा उपस्थिती हुन निर्देशन दिइएको छ । त्यस्तै घोराही १५ कै शान्ति निकेतन माध्यमीक विद्यालयको कक्षा १ देखी ५ सम्मको शैक्षिक अनुमति शैक्षिक गुठिमा रहेकाले गुठिलाई प्रालिमा लैजान नसकिने भएका कारण गुठि अनुसार शुल्क लिन आग्रह गरीएको थियो ।

अनुगमनमा घोराही उपमहानगरको शिक्षा ईकाई प्रमुख नारायण पौडेल, शिक्षक महासंघका नगर अध्यक्ष निशान्त आचार्य, प्याब्सनका अध्यक्ष यादब गिरी, अखिल
क्रान्तिकारीका सन्तोष पोख्रेल, पत्रकार निशान दाजु भट्टराइको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!