२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बालुवाटार घेर्न गएका नागरिक अगुवामाथि प्रहरी हस्तक्षेप

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

 

ABC Sanchar
काठमाडौं । बालुवाटार घेराउ गर्न गएका नागरिक समाजका अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको छ। सोमबार कमलपोखरीबाट मार्च गर्दै बालुवाटारतर्फ नागरिक अगुवाहरुको प्रदर्शन अगाडि बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

सो क्रममा झडप हुँदा केहि प्रहरी र प्रदर्शनकारी समेत घाइते भएका छन्।

प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले ‘ प्रहरी मेरो साथी हो’, ‘नेकपा प्रहरी मुर्दावाद’लगायतका नारा लगाएका थिए।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]