२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

जापान सरकारले एक महिना संकटकाल थप्ने तयारी

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

 

ABC Sanchar
काठमाडौं । जापानमा लागू गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् ।

राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए ।

संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन् । उनले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्ने अधिकारीहरूले जनाएका छन् ।

अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो । जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल संख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ ।
त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!