२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

दाङमा फागुन २४ नामक नेपाली चलचित्र प्रदशन हुने

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

सागर थापा, दाङ
नेपालको कम्युनिस्ट पार्टी स्थापनाको प्रारम्भिक चरणमा चलेको वर्गसंघर्ष र २०१० सालमा प्युठानमा चलेको किसान आन्दोलन संग सम्बन्धीत फाल्गुण २४ नामक चलचित्र दाङमा प्रदर्सन हुने भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा नेतृत्व मोहनबिक्रम सिंहद्वारा लेखिएको र रक्तिम सास्कृतिक अभियानका उदयमान कलाकार हेमराज आश्रम द्वारा निर्देशीत उक्त फिल्म दाङमा प्रदर्शन गरिने भएको हो। यहि जेष्ठ २५ गते घोराहीको गणेश चित्रालय र २६ गते भालुबाङको फिल्म हलमा प्रदर्सन हुदैछ । राजनीति र सामाजिक आन्दोलनमा लाग्ने सबैले हेर्नै पर्ने भनिएको उक्त फिल्ममा दाङ जिल्ला बासी रक्तिमका पुराना कलाकार नारायण योगिको मुख्य भुमिका छन । उक्त चलचित्रमा पुरानो वर्गसंघर्षको जानकारी लिदै नया ज्ञान र अनुभुती गर्न सकिने दावी छ । रुचि हुनेले राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य शीत ९८५१२१०१०९ मा सम्पर्क गर्न सक्नु हुनेछ । २०१० सालमा प्युठानको नारिकोटमा साहु फटाहा र सामन्तका विरुद्ध पहिलो संगठित आन्दोलन चलेको थियो । नेपाल को कम्युनिस्ट आन्दोलनको पहिलो प्रयास थियो त्यो। त्यो संघर्सले २०१० फाल्गुण २४ गते सफल्ता हासिल गरेको थियो । त्यसैले चलचित्रको नाम पनि फाल्गुण २४ रहन गयको हो । चलचित्र मा त्यो बेलाको इतिहास र समाजको झलक समेत देख्न पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!