०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

दाङमा फागुन २४ नामक नेपाली चलचित्र प्रदशन हुने

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

सागर थापा, दाङ
नेपालको कम्युनिस्ट पार्टी स्थापनाको प्रारम्भिक चरणमा चलेको वर्गसंघर्ष र २०१० सालमा प्युठानमा चलेको किसान आन्दोलन संग सम्बन्धीत फाल्गुण २४ नामक चलचित्र दाङमा प्रदर्सन हुने भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा नेतृत्व मोहनबिक्रम सिंहद्वारा लेखिएको र रक्तिम सास्कृतिक अभियानका उदयमान कलाकार हेमराज आश्रम द्वारा निर्देशीत उक्त फिल्म दाङमा प्रदर्शन गरिने भएको हो। यहि जेष्ठ २५ गते घोराहीको गणेश चित्रालय र २६ गते भालुबाङको फिल्म हलमा प्रदर्सन हुदैछ । राजनीति र सामाजिक आन्दोलनमा लाग्ने सबैले हेर्नै पर्ने भनिएको उक्त फिल्ममा दाङ जिल्ला बासी रक्तिमका पुराना कलाकार नारायण योगिको मुख्य भुमिका छन । उक्त चलचित्रमा पुरानो वर्गसंघर्षको जानकारी लिदै नया ज्ञान र अनुभुती गर्न सकिने दावी छ । रुचि हुनेले राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य शीत ९८५१२१०१०९ मा सम्पर्क गर्न सक्नु हुनेछ । २०१० सालमा प्युठानको नारिकोटमा साहु फटाहा र सामन्तका विरुद्ध पहिलो संगठित आन्दोलन चलेको थियो । नेपाल को कम्युनिस्ट आन्दोलनको पहिलो प्रयास थियो त्यो। त्यो संघर्सले २०१० फाल्गुण २४ गते सफल्ता हासिल गरेको थियो । त्यसैले चलचित्रको नाम पनि फाल्गुण २४ रहन गयको हो । चलचित्र मा त्यो बेलाको इतिहास र समाजको झलक समेत देख्न पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]