०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

ब्रेकफेल हुँदा स्कारपियो दुर्घटना एकजनाको मृत्‍यु ३ जना घाइते

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

(आयुशा केसी)
प्युठान । दाङबाट प्युठान जादै गरेको स्कारपियो दुर्घटनामा एकजनाको मृत्‍यु, ३ जना घाइते भएका छन । प्यूठानमा भएको स्कोरपियो दुर्घटनाका मृतकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका–७ का अन्दाजी ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

ब्रेक फेल भएका कारण स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूको प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहको छ । स्कोरपियामा जम्मा ११ जना यात्रु सवार थिए । स्कोरपिया सडकबाट ५० मिटर तल खसेको छ ।

दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो शुक्रबार बिहान प्यूठानको सरुमारानी–६ मोतिपुरमा दुर्घटनामा परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]