०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बन्दमा क्षति पुर्‍याइएका सवारीसाधनको क्षतिपूर्ति सरकारले दिन्छ :उपप्रधानमन्त्री पोखरेल

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

 

ABC Sanchar
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर–नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले भने,‘देशव्यापी रुपमा आमहड्ताल गरियो, म नेपाल बन्द गराउने जनविरोधी कामको विरोध गर्दछु । गरिखाने मजदूर तथा श्रमिक वर्गले बन्दका कारण व्यहोरेको क्षतिप्रति दुःख प्रकट गर्दै उनले उनीहरुलाई सरकारले उचित क्षतिपूर्ति दिने बताए ।
उनले जस्तै प्रतिकुलता आए पनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लडिरहने संकल्प पनि गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प अनुसार मुलुकमा राजनीतिक स्थिरताको कुरालाई निरन्तरता दिइरहने छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिको जुन सपना देख्नुभएको छ, जुन अभियान चलाउनु भएको छ, त्यसलाई हामी निरन्तरता दिनेछौं । संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौँ ।’

उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको पनि प्रस्ट पारे । ‘हामी कुनै पनि बेला यो लडाइँलाई कमजोर हुन दिनेछैनौँ,’ उनले भने ।

नेकपाको आधिकारिकता कुन पार्टीले पाउँछ भन्ने कुरा उठिरहेको चर्चा गर्दै उनले केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता कसैले तोड्न नसक्ने दावीसमेत गरे । सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउने छ,’ उनले भने, ‘हामी सूर्य चिन्ह लिएर जनतामा ताजा जनानेशका लागि जानेछौं ।’रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!