१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

सरुमारानीको ऐतिहासिक दरवार र रानीकुवाको संरक्षण गरिदै ।

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

सलिम अन्सारी,प्युठान
सरुमारानी गाउपालिकाले ढुंगेगढी दरवार र रानीकुवालाई गन्तव्य स्थलका रूपमा विकास गर्न पहल थालेको छ । ऐतिहासिक संरचना भग्नावशेषमा परिणत भए पनि स्थानिय सरकारले रानिकुवामा आवाश्यक भौतिक संरचना निर्माण गरि दरवार तथा रानीकुवाको संरक्षणको प्रयास गरेको हो। रानी कुवालाई संरक्षण गरि पर्यटकिय स्थलका रुपमा बिकास गर्ने गाउपालिकाको योजना छ। दक्षिण भेगमा रहेको रानीकुवाको अवलोकन गर्दै गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले दरबार एवं रानीकुवालाई पुनर्निर्माण गर्न आफूले सबै प्रकारको सहयोग गर्ने बताए । आगामी आर्थिक बर्षमा थप बजेट बिनियोजन गरिने उनको भनाई छ । पर्यटन बोर्डबाट समेत सहयोगको अपेक्षा गरिएको छ। ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउँदै अध्यक्ष बिश्वकर्माले रानीकुवाको संरक्षण तथा पार्क निर्माण गर्न प्रारम्भिक काम थालिएको जानकारी दिए ।
गढी स्थित रानीकुवालाई पर्यटकीय गन्तव्य रूपमा विकास गर्न सिंढी निर्माण गरिएको हो । भने भुरेराजाको दरबार पुग्ने पदमार्ग समेत निर्माण गरिएको छ। सरुमारानी गाउपालिका–४ का वडाध्यक्ष चिन्त बहादुर सोमैले भुरेराजा बस्ने दरवार रानीकुवा लाई नया शैलीमा निर्माण गर्न वडाले ४ लाख बजेट विनियोजन गरेको बताए ।भुरेराजाको दरवार पुग्न एक लाख रुपैयाको लागतमा पदमार्ग निर्माणको काम सकिएको वडाअध्यक्ष सोमैले जानकारी दिए।
गढी आसपासमा सार्वजनिक शौचालय, खानेपानी आरामदायी विश्रामस्थल निर्माण गर्नुपर्ने, यस क्षेत्रको सडक कालोपत्रे गर्नुपर्ने, पिकनिक स्थल, सिंढीको दायाँबायाँ रेलिङ निर्माण लगायतका काम गर्न सके पर्यटकको चहलपहल बढ्ने उनको बिश्वास छ ।

बड्डाडाबाट ऐरावती जाने बाटोमा ऐतिहासिक ढुङ्गेगढि पर्छ । बड्डडाडा बजारबाट करिव आधा घण्टा पैदल यात्रामा पुगिने ढुङ्गेगढी भुरेटाकुरे राजाहरुको पालामा प्युठानका भित्रीकोटे राजाहरुले हिउदको बेलामा शासन चलाउने थलो थियो ।गढी दरवार क्षेत्र वरपर अहिले पुरानो दरवारको अबशेष मात्र बाकी छन ।यो गढी ढुगांको पर्खालले बनाईएको छ ।बिच बिचमा हतियार र सेना राख्ने ठाउँ समेत छन । त्यहा भएका ऐतिहासीक महत्वका बस्तुहरु हराएका छन । यस्को संरक्षणमा ध्यान नपुर्याउदा दरवारका ढुङ्गा समेत स्थानियले प्रयोगमा ल्याएका छन । स्थानिय ७७ बर्षिया बृद्ध गोबिन्द गाहका अनुसार दरवारको पुरै संरचना ढुङ्गै ढुगाँको थियो । पछि स्थानिय जनता माध्यमिक बिध्यालयको भवन बनाउने बेला दरवारको ढुगा प्रयोग भएको गाह बताउछन। ३० बर्ष अघि सम्म गढी भित्र पुराना हतियार तरवार भाला खुडा थिए । उनले भने अहिले भग्नावशेष बाहेक केही देखिदैन । केही नजिकमा सेना बस्ने र परेड खेल्ने ठाउँ पनि छ । आफू दस बर्षको छदा यहाँ १ सय ५० भन्दा बढी सेना समेत देखेको उनले सुनाए । यहाँ थुप्रै मिलिसिया तैनाथ हुन्थे गाहले भने सानामा गाईबाख्रा चराउन आउदा कैयौ पटक देखेका हौं। गाह भन्छन मिलिसिया सैनिकले कालो भोटो,सुरुवाल र कालो फेटा प्रयोग गर्थे। यहाँ उत्तर र दक्षिण तर्फ भिरालो पहरो छ । भने पुर्ब र पश्चिममा धारिलो परेको छ । स्थानियहरु भन्छन प्राकृतिक रुपले सुरक्षित भएकाले नै त्यसबेला गढी निर्माण भएको हुनुपर्छ । यहि ढुंगेगदी दरवारको मुनि पट्टि रानी कुवा झनै महत्वपुर्ण छ । त्यसबेलाको रानिले यो कुवामा नुहाउन प्रयोग गर्ने गरेको बिश्वास रहदै आएको छ ।यहि कुवाबाट अहिले पानीको जोहो गरिरहेको स्थानियले बताए । रानीकुवामा पुरानो ढुङ्गेधारा समेत भेटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]