२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सरुमारानीको ऐतिहासिक दरवार र रानीकुवाको संरक्षण गरिदै ।

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

सलिम अन्सारी,प्युठान
सरुमारानी गाउपालिकाले ढुंगेगढी दरवार र रानीकुवालाई गन्तव्य स्थलका रूपमा विकास गर्न पहल थालेको छ । ऐतिहासिक संरचना भग्नावशेषमा परिणत भए पनि स्थानिय सरकारले रानिकुवामा आवाश्यक भौतिक संरचना निर्माण गरि दरवार तथा रानीकुवाको संरक्षणको प्रयास गरेको हो। रानी कुवालाई संरक्षण गरि पर्यटकिय स्थलका रुपमा बिकास गर्ने गाउपालिकाको योजना छ। दक्षिण भेगमा रहेको रानीकुवाको अवलोकन गर्दै गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले दरबार एवं रानीकुवालाई पुनर्निर्माण गर्न आफूले सबै प्रकारको सहयोग गर्ने बताए । आगामी आर्थिक बर्षमा थप बजेट बिनियोजन गरिने उनको भनाई छ । पर्यटन बोर्डबाट समेत सहयोगको अपेक्षा गरिएको छ। ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउँदै अध्यक्ष बिश्वकर्माले रानीकुवाको संरक्षण तथा पार्क निर्माण गर्न प्रारम्भिक काम थालिएको जानकारी दिए ।
गढी स्थित रानीकुवालाई पर्यटकीय गन्तव्य रूपमा विकास गर्न सिंढी निर्माण गरिएको हो । भने भुरेराजाको दरबार पुग्ने पदमार्ग समेत निर्माण गरिएको छ। सरुमारानी गाउपालिका–४ का वडाध्यक्ष चिन्त बहादुर सोमैले भुरेराजा बस्ने दरवार रानीकुवा लाई नया शैलीमा निर्माण गर्न वडाले ४ लाख बजेट विनियोजन गरेको बताए ।भुरेराजाको दरवार पुग्न एक लाख रुपैयाको लागतमा पदमार्ग निर्माणको काम सकिएको वडाअध्यक्ष सोमैले जानकारी दिए।
गढी आसपासमा सार्वजनिक शौचालय, खानेपानी आरामदायी विश्रामस्थल निर्माण गर्नुपर्ने, यस क्षेत्रको सडक कालोपत्रे गर्नुपर्ने, पिकनिक स्थल, सिंढीको दायाँबायाँ रेलिङ निर्माण लगायतका काम गर्न सके पर्यटकको चहलपहल बढ्ने उनको बिश्वास छ ।

बड्डाडाबाट ऐरावती जाने बाटोमा ऐतिहासिक ढुङ्गेगढि पर्छ । बड्डडाडा बजारबाट करिव आधा घण्टा पैदल यात्रामा पुगिने ढुङ्गेगढी भुरेटाकुरे राजाहरुको पालामा प्युठानका भित्रीकोटे राजाहरुले हिउदको बेलामा शासन चलाउने थलो थियो ।गढी दरवार क्षेत्र वरपर अहिले पुरानो दरवारको अबशेष मात्र बाकी छन ।यो गढी ढुगांको पर्खालले बनाईएको छ ।बिच बिचमा हतियार र सेना राख्ने ठाउँ समेत छन । त्यहा भएका ऐतिहासीक महत्वका बस्तुहरु हराएका छन । यस्को संरक्षणमा ध्यान नपुर्याउदा दरवारका ढुङ्गा समेत स्थानियले प्रयोगमा ल्याएका छन । स्थानिय ७७ बर्षिया बृद्ध गोबिन्द गाहका अनुसार दरवारको पुरै संरचना ढुङ्गै ढुगाँको थियो । पछि स्थानिय जनता माध्यमिक बिध्यालयको भवन बनाउने बेला दरवारको ढुगा प्रयोग भएको गाह बताउछन। ३० बर्ष अघि सम्म गढी भित्र पुराना हतियार तरवार भाला खुडा थिए । उनले भने अहिले भग्नावशेष बाहेक केही देखिदैन । केही नजिकमा सेना बस्ने र परेड खेल्ने ठाउँ पनि छ । आफू दस बर्षको छदा यहाँ १ सय ५० भन्दा बढी सेना समेत देखेको उनले सुनाए । यहाँ थुप्रै मिलिसिया तैनाथ हुन्थे गाहले भने सानामा गाईबाख्रा चराउन आउदा कैयौ पटक देखेका हौं। गाह भन्छन मिलिसिया सैनिकले कालो भोटो,सुरुवाल र कालो फेटा प्रयोग गर्थे। यहाँ उत्तर र दक्षिण तर्फ भिरालो पहरो छ । भने पुर्ब र पश्चिममा धारिलो परेको छ । स्थानियहरु भन्छन प्राकृतिक रुपले सुरक्षित भएकाले नै त्यसबेला गढी निर्माण भएको हुनुपर्छ । यहि ढुंगेगदी दरवारको मुनि पट्टि रानी कुवा झनै महत्वपुर्ण छ । त्यसबेलाको रानिले यो कुवामा नुहाउन प्रयोग गर्ने गरेको बिश्वास रहदै आएको छ ।यहि कुवाबाट अहिले पानीको जोहो गरिरहेको स्थानियले बताए । रानीकुवामा पुरानो ढुङ्गेधारा समेत भेटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!