१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

ठाकुर सिंह थारुको धम्कीले फोकल पर्सन ओलीले दिए राजीनामा

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७


(ABC संचार ब्युरो)
बाँके । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । पत्रकारहरुको लागि लगाइने कोरोना खोपको विषयलाई लिएर फोकल पर्सन ओलीले आज आफ्नो फेसबुक मार्फत राजिनामा दिएको जानकारी गराएका छन् । आफ्नो ज्यानको बेवास्ता गर्दै कोरोना महामारीमा अहोरात्र खटिएर सेवा गर्दा गर्दै आफुलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकारलाई कोरोना खोप लगाउन रोक लगाएको आरोप लगाइएपछि फोकल पर्सन ओलीले राजिनामा दिएको जानकारी गराएका हुन् । डिसीसीएम्सी बाँकेले पत्रकारहरुलाई कोरोना खोप लगाउने निर्णय गरेपछी फोकल पर्सन ओलीले बाँकेका सबै पत्रकारहरुलाई शुक्रवारदेखि भेरी अस्पतालमा कोरोना खोप लगाउने जानकारी दिएका थिए।तर, त्यस्को केही घन्टा बित्न नपाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रको पालना गर्दै स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन हाललाई नमिल्ने जानकारी गराएको ओलीले बताए । आफुले निस्वार्थ कार्य गर्दा गर्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले डिसीसीएम्सी बन्द गर्ने वा फोकल पर्सनबाट राजिनामा दिने र विभिन्न तीन पुस्ते पत्ता लगाउछु भनी धम्की दिएपछि मैले डिसीसीएम्सी जस्तो गरिमामय संस्थालाई बचाउनलाई उनले राजिनामा दिएको बताए । एउटा पत्रकार महासंघको गरिमामय पदमा बसेको ब्यक्तिले नेपाल सरकारको निर्देशन पालना गरिरहेको कर्मचारीलाई यसरी सामाजिक संजाल अभद्र व्यबहार गर्नु नीति बिपरित रहेको ओलीले भने।अरुको सेवा गर्दा गर्दै आफू पनि कोरोना संक्रमित भएका ओलीले कोरोना महामारी सुरुभएदेखि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन ब्यबस्थापकको रुपमा कार्य गरिसकेका हुन् । अब हेर्नुहोस ओलीको फेसबुक स्टाटस र कमेन्ट जस्ताको तस्तै।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]