०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

काठमाडौंमा प्रचण्ड माधव र ओली पक्षका विद्यार्थीबीच आरआर क्याम्पसमा झडप

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

ABC Sanchar
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा दुई पक्षका विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

मंगलबार (आज) बिहान क्याम्पसमा सरस्वती पूजा गर्ने विषयमा विवाद हुँदा झडप भएको स्ववियु सभापति तपेन्द्रजंग शाहीले बताए ।

दुबै पक्षले सरस्वती पुजाको आयोजना गरेपछि झडपको स्थिति बनेको बताइएको छ । आफूहरुकोमाथि ओली पक्षका कार्यकर्ताले कुटपिट गरेको आरोप प्रचण्ड माधव पक्षले लगाएको छ ।

ओली पक्षले भने आफूहरुले आयोजना गरेको सरस्वती पूजाको कार्यक्रममा प्रचण्ड माधव पक्षका विद्यार्थी नेताहरुले अवरोध गर्न खोजेपछि झडप भएको बताएको छ ।

झडपमा परि प्रचण्ड माधव पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) भित्र असन्तुष्ट रहेकाहरू आन्दोलनमा छन् । प्रचण्ड- माधव समूह आन्दोलनको कार्यक्रम नै घोषणा गरेर सडकमा उत्रिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!