१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

डियुटीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

 

ABC (क्राईमबिट)
सुर्खेत । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको गोठीचौर गाउँपालिका–५ का मोटरसाइकल चालक राजकुमार भण्डारी रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–६ सिटी बसपार्कमा चेकजाँचका क्रममा उनले प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए ।

सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यका अनुसार मोटरसाइकलमा नम्बर प्लेट नराखेका उनलाई चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको हो । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!