११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

जेष्ठ नागरिकलाई सम्मान

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

प्युठान ,२४ जेठ । झिमरुक गाउँपालिकाको चार नम्वर वडा कार्यालयले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालय बांगेफेदीमा आज एक कार्यक्रमको आयोजना गरि ८० वर्ष उमेर माथीका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिक सम्मानका लागि चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्र्तगत ५० हजार रुपिँया विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ । ८० वर्षमाथीका जेष्ठ ३० जनालाई दोसल्ला र पौष्टिक आहार प्रदान गएिको थियो ।
वडा अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले पछिल्लो समय जेष्ठ नागरिकलाई परिवारबाटै हेला गर्ने समस्या देखिएकोले सम्मान कार्यक्रम राखिएको बताउनुभयो । उहााले जेष्ठ नागरिकलाई अपनत्व महशुस गराउन, हेला गर्ने प्रवृत्तिको अन्त्य गर्न यो कार्यक्रमले सन्देश दिने बताउनुभयो ।
विशेष अतिथी प्रमुख प्रशासकीय अधिकृत तारा किरण केसीले लक्षित वर्गको कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँले आगामी वर्ष यस कार्यक्रमलाई थप बजेट व्यवस्था गर्दै निरन्तरता दिने समेत बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य प्राविधिक बासुदेव गिरीले राख्नुभएको थियो । सम्मान कार्यक्रममा सहभागी जेष्ठ नागरिक खुशी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!