१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

५० हजार घुससहित सशस्त्र प्रहरीका इन्सपेक्टर र सई पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

 

ABC (क्राईमबिट)
बुटवल । सशस्त्र प्रहरी बलका २ जना अधिकृत (इन्सपेक्टर र सई) ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) दधिराम पौडेल र सोही बेस क्याम्पका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) राजेश पासी ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

काठको फर्निचर उधोग सञ्चालनमा सहजीकरण गरिदिने भनेर सेवाग्राहीबाट ५० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

उनीहरूलाई रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ बाट बिहीबार बिहान १० बजे नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

error: Content is protected !!