१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

मेसिनबाट धान राेप्ने प्रविधि  भित्राईएपछि कृषकमा  छायो खुसीकाे  लहर

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

रमेश गिरी,२४ जेठ
प्रधानमन्त्री अाधुनिक कृषि कार्यक्रमले मेसिनबाट धान राेप्ने प्रविमेसिनबाट धान राेप्ने प्रविधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहरधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहर अाएकाे छ ।
प्युठान नगरपालिका वडा न. ९ ठुलासिम निवासी नेहरसिंह केसीकाे १ राेपनी खेतमा मेसिनबाट धान राेपेर प्रविधिकाे प्रयाेग गरिएकाे हाे त्यस्तै प्युठान नगरपालिका वडा न. ८ बाग्दुला निवासी पदमा पण्डितकाे खेतमा पनि मेसिनबाट धान राेपाई गरिएकाे हाे । पावर टेलरले जाेतेकाे खेतमा भिजाएर राखिएकाे धानलाई मेसिनका माध्यमबाट धान छरिएकाे हाे । डेढ केजी धानले १ राेपनी खेतमा राेप्न सकिने प्रधानमन्त्री कृषि कार्यक्रमका सहायक प्रमुख नरेन्द्र खडकाले जानकारी गराएका थिए । कम जनशक्ति, समयकाे बचत ,कम खर्चिलाे र धानकाे उत्पादनमा वृद्बि हुनु यसका मुख विशेषता रहेकाे यस कार्यक्रममा सहभागी कृषि विशेषज्ञहरूले जानकारी गराएका थिए । प्युठान जिल्लामा उपकरणवाट धान छरेकाे याे पहिलाे उदाहरण हाे । प्रधानमन्त्री कृषि कार्यक्रम संचालन समितिका अध्यक्ष नेहरसिंह केसी र उपाध्यक्ष पदमा पण्डितकाे खेतबाट परिक्षणकालिन खेतमा धान राेपाई भएकाे हाे ।
उक्त कार्यक्रममा दर्जनाै किसानकाे उपस्थित थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!