बाँके । नेपालगञ्ज अवैध रूपमा भारतबाट ल्याइएको बोइलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ।
जिल्ला बाँके, नेपालगञ्ज उप-महानगरपालिका-१० गणेशमान चोकबाट अवैध रूपमा ल्याइएका अन्दाजी ९० किलोग्राम तयारी बोइलर कुखुराको मासु नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको मासु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।