काठमाडौं । सरकारी वेबसाइटमा राखिएको नेपाली पात्रो बिग्रिएको दुई साता बितिसक्दा पनि सच्याउने तर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन।
पात्रोमा मिति, तिथि र सार्वजनिक बिदा समेत फरक परेपछि सरकारी कामकाज र सेवाग्राहीमा अन्योल सिर्जना भएको छ। सरकारी वेबसाइटलाई नै आधिकारिक मान्ने सेवाग्राहीहरू गलत मितिका कारण समस्यामा परेका छन्।
सामान्य प्राविधिक त्रुटि भए पनि समयमै नसच्याउँदा सरकारको डिजिटल सेवा र विश्वसनीयतामाथि नै प्रश्न उठेको स्थानीयको गुनासो छ।
सम्बन्धित निकायले तत्काल पात्रो सच्याएर आधिकारिक र यकिन जानकारी उपलब्ध गराउनुपर्ने माग गरिएको छ। टच पानाबाट