१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालगञ्जको सुरक्षा मेरो पहिलो प्राथमिता हो वडा प्रहरी निरीक्षक डांगी

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

(महेन्द्र सिंह नेपालगन्ज)

वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् । राय सुझाव लिनेक्रममा इन्चार्जको रुपमा सरुवा भइ आएको तेश्रो दिनमा बिहिवार प्रहरी निरीक्षक डांगीले नेपालगञ्जका पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् । नेपालगञ्जका सुरक्षा चुनौतीबारे अध्ययन गरेका डांगीले सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता समेत गरेका छन् । बिभिन्न क्षेत्रका ब्यक्तिहरुसँग नगरको सुरक्षा अवस्थाबारे राय सुझाव लिदैछु, प्रहरी निरीक्षक डांगीले भने,– सबैका राय सुझाव प्राप्त भएपछि सोही आधारमा अगाडी बढ्नेछौं । उनले उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मिलेर नेपालगञ्जको ट्राफिक ब्यवस्थापन गरिने बताए । यसैगरी लागु औषध, मदिराजन्य र यौनजन्य विकृती नियन्त्रण गरिने बताए । नेपालगञ्जमा धेरै ग्रामिण क्षेत्र पनि भएकाले सामुदायिक केन्द्रीय कार्यक्रम पनि संचालन गरिने डांगीले बताए । सामुदायिक कार्यक्रम अन्तर्गत सामाजिक सद्भाव तथा भातृत्व विकासका कार्यक्रम अघि बढाइने उनले बताए । सबै टोलमा प्रहरी पुग्ने गरि परिचालन हुने उनले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

error: Content is protected !!