०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

शंकास्पद चक्लेट चुरोटसहित विमानस्थलबाट १ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

ABC Sanchar
काठमाडौं । शंकास्पद चुरोट र चक्लेट बोकेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कतार जाँदै गरेका नेपाली नागरिक छन् ।

फागुन १८ गते (मंगलबार) हिमालय एयरको उडानमार्फत काठमाडौंबाट कतारको दोहा उड्न लागेका महोत्तरीका जाकिर शेखलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर १ स्थायी घर भएका शेखलाई विमान चढ्नु अगाडि प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज (एक्स-रे)मा चेकजाँच गर्ने क्रममा शेखको ब्यागेजमा शंकास्पद आकृति देखिएको थियो ।

उक्त लगेज खोली हेर्दा ‘बंगाली दोस्ती मिक्स असर्ट क्यान्डी’ लेखिएको रातो रंगको प्याकेटभित्र शंकास्पद चक्ले र चुरोट फेला परेको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

रातो रंगको प्याकेट भित्र चारमिनार गोल्ड मुनक्का लेखिएको संकास्पद चकलेट ३७ थान र शिखर आईस रस लेखिएको संकास्पद तरिकाले भरिएको ७ थान चुरोट फेला परेको प्रहरीको भनाइ छ ।

सो सम्बन्धमा थप अनुसन्धानका लागि पक्राउ परेका शेख र उनको साथबाट बरामद भएको चक्लेट र चुरोटलाई महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]