०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ब्युरो प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC (क्राईमबिट) काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका-१३ दयानगर घर भएका ४४ वर्षीय तेज बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजू रही फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी आफैले संचालन गर्ने सफायर ट्रेडिङ् कम्पनी प्रा.लि. महालक्ष्मीस्थान, ललितपुरको नामबाट संचालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी बिभिन्न मितिका चेकहरु काटी पीडितलाई दिएर बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो ।
खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!