०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी कस्सीए गिरी

Logo
प्रकाशित शुक्रबार, जेठ २५, २०७५

राम बहादुर बिश्वकर्मा,प्युठान

प्युठान नगरपालिका वडा न.१० का वडा अध्यक्ष पदम गिरिले बिजयको माला पहिरिरहँदा यहाका स्थानीयलाइ लागेको थियो चुनाव जिते केवल त्यो जित्नका लागि मात्र भन्ने ,तर अहिले वडाले शैक्षिक गुणस्तर वृद्धि का लागी फरक बिधिअनुसार तालिम को आबश्यकता महुसुस गरि वडा ९ र १० का सामुदायिक बिध्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका लाई आज मरन्ठानामा सन्चालन गरिएको ” शिक्षक का लागी ३ दिने सोचयुक्त सिकाई बिधि” सम्बन्धि तालिम आयोजना गरेकोमा यहाँका शिक्षक , बुद्दिजिवि सर्वसाधारणले उनको प्रशंसा गर्न थालेका छन् ।

शैक्षिक बिकास बिना अन्य कुनै पनि बिकासको कल्पना गर्न नसकिने भन्दै सुरुवातमै गुणस्तरीय शिक्षा बिकासको क्षेत्रमा शिक्षकहरुका लागी यस्तो तालीम आयोजनाले नगरपालिकाका १० वडामा तुलनात्मक रुपमा हेर्ने हो भने यो वडा नगरपालिका भरिका वडाका लागि नमुना बन्दै छ ।
विद्यालयमा रोचक र गुणस्तरीय शैक्षिक वातावरणको सुनिश्चितताको लागि प्रत्यक्ष सरोकार राख्ने शिक्षक लाई
पुरानो शैली लाई सुधार गर्दै नयाँ सोचयुक्त सिकाई बिधी अनुसार बिध्यार्थिलाई अध्यापन गराउनु को बिकल्प नभएको भन्दै वडा अध्यक्ष पदम गिरिले बताउनुभयो ।-“पेसाप्रति समर्पित र जाँगरिलो बनाउने रणनीति अवलम्वन गर्न स्थानीय तह चुक्नु हुदैन,शिक्षकहरूलाई जाँगरिलो बनाउन मनोवैज्ञानिक, सामाजिक, आर्थिक रूपमा सचेत, सबल र सन्तुष्ट बनाउनु आबश्यक छ।”

गुरुस्तर र गुणस्तर एकअर्कामा अन्तरसम्बन्धित छन् । शिक्षणसिकाइ क्रियाकलापलई सहज बनाउन शिक्षकको पेसागत दक्षता तथा उनीहरूको निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ पहिले लिएको तालिम त्यती बेला ठिक थियो तर अहिले त्यस्तो बिधि पुरानो भयो शिक्षक ले अब सुन्य बाट नयाँ शिक्षण बिधिको प्रयोग गर्नु पर्ने भन्दै प्रशिक्षक डा:सुरेन्द्र गिरिले भन्नुभयो -” साधनस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजर अन्दाज गर्न सकिदैन गुणस्तरीय शिक्षाको लागि शिक्षण शिकाई क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । जसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित शिक्षक अपरिहार्य हुन्छ ,शिक्षण पेसामा प्रवेश गरिसकेका जनशक्तिलाई हौसला प्रदान गर्न र उनीहरूमा भएको मैजुदा ज्ञान सीपलाई परिष्कृत गर्दै लैजानु पर्दछ दीर्घकालीन सिकाई अनुभव बाट हुन्छ,शिक्षक को सक्षमता मा ल्याउन का लागी समयानुकूल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।”

त्यस्तै प्युठान नगरपालिका शिक्षा इकाइका प्रमुख बिष्णु पोखरेल ले भन्नुभयो -“शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ ,उनीहरूनै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन, किनकी विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्दछ ।”
यदि प्युठान नगरपालिका १० का गिरिले जस्तै अगाडी सारेका यस्ता गुणस्तरीय शैक्षिक बिकास का लागी प्रदान गरिएको यस्तो तालिम कार्यान्वयन हुने हो भने नगरपालिका का सम्पुर्ण सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

पर्सा । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन्। हालै वीरगन्जमा सशस्त्र प्रहरीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध रकमसहित व्यक्तिलाल पक्राउ गरिएको हो ।

error: Content is protected !!