०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

साकार भयो गुल्मीका नागरिकको सपना,रेसुङ्गा विमानस्थलमा १२ वर्षपछि परीक्षण उडान

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

गुल्मी,२६ जेठ – एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो। गुल्मीका जनताहरूले दशकभन्दा अगाडि देखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना शुक्रबार पुरा भएको हो। तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप कुमार ज्ञवालीले शिलान्यास गरेको रेसुङ्गा विमानस्थलको काम तीव्र रुपमा अगाडि बढ्न नसकेपछि गुल्मेलीहरू केही वर्षयता निराश भएका थिए। तर शुक्रबार तारा एयरको ९ एनएकेल जहाजले रेसुङ्गा विमानस्थलमा परिक्षण उडान गरेपछि गुल्मेलीहरू हर्षित भएका छन्।
शुक्रबार बिहान ११ बजेनै तारा एयरको विमान रेसुङ्गा विमानस्थलमा परिक्षण उडान गर्ने तयारी भएपनि खराब मौसमका कारण ४ बजेपछि मात्र ढिला गरि अवतरण गरेको हो। जिल्लामै पहिलो पटक रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाचीका सर्वसाधारणहरू समेत जहाज हेर्नका लागि आएका थिए। विमानस्थलमा आएका नागरिकलाई ब्यवस्थापन गर्नका लागि प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो।
निर्माण थालिएको लामो समयपछि रेसुङ्गा विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयवासीहरूले एक–अर्कामा खुशी साटासाट गरेका छन्। गुल्मेलीहरूसँग खुसी साटसाट गर्नका लागि विमानस्थलको शिलान्यास गरेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत जिल्ला आएका छन्। ज्ञवालीसगै नेपाल प्रहरीका प्रमुख सहितको जम्बो टिम पनि रेसुङ्गा विमानस्थलमा आएको छ।
विमानस्थल बनाउनकै लागि भनेर जग्गा उपलब्ध गराएको लामो समयसम्म जहाज नआउँदा विमानस्थल निर्माण समितिसँग आक्रोशित भएका स्थानीयले जहाज आएपछि खुसी ब्यक्त गरेका छन्। जहाज आउने भयो भनेर भएभरको सबै जग्गा दिएपनि विमानस्थल नबन्दा सारै रिस उठेको थियो स्थानीय रोमनाथ अर्यालले भने ‘ठिलै भएपनि लामो समयपछि जहाज आउँदा खुसी लागेको छ। अर्यालले ७ रोपनी जग्गा मुआब्जा लिएर विमानस्थल बनाउँनका लागि दिएका थिए। विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआब्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ।
विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैयाँ खर्च भैसकको छ। विमानस्थल निमार्ण समितीका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार विमानस्थलको धावनमार्ग कालोपत्रे र अन्य सरंचना निमार्ण गर्नका लागि ८ करोडको पुन ठेक्का भएको बताए। रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाचीका नागरिकमा मरिसकेको आशा फेरी पलाएको छ। विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, बाग्लुङका बासिन्दालाई पनि सेवा पुग्ने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

error: Content is protected !!