०८ मंसिर २०८३, मंगलबार
24-11-2026 , Tue
×

दाङ प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

 

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्ने विद्यार्थी लक्षित गरी चेकजाँच अभियान सुरू गरेको छ । दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो ।

दुर्घटनाको दर वृद्धि हुन नदिन र चालक अनुमतिपत्र विना सवारी साधन चलाउने विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

चेक जाँचको क्रममा सवारी चालक अनुमतिपत्र विना सवारी साधन चलाउने १ दर्जन सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रबक्ता डिएसपी रिजालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले कलेज लक्षित अभियान १ महिना सम्म सञ्चालन गरिने र सुधार नआए थप हुने प्रबक्ता डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषले नेपालगञ्ज उपमहानगरपालिकाका जेन्जी युवा भाइहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। भेटघाटमा आउने स्थानीय निर्वाचन सम्बन्धी विशेष छलफल गरिएको थियो। युवाहरूको साथ र सहयोगले गर्दा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तारमा सहयोग पुगेको नेता शेषले बताउनुभयो। छलफलमा युवाहरूलाई पार्टीको अभियानमा सक्रिय सहभागी हुन आग्रह गरिएको थियो। *राष्ट्रिय जनमत […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त आयोजनामा रत्नराजमार्गमा चेकजाँच गरिएको छ। बाँके बैजनाथ गा.पा. १ स्थित मिनि गाभर नजिक सुर्खेत-नेपालगञ्ज रुटमा सिट क्षमता भन्दा बढी यात्रुका कारण हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ४५ वटा सार्वजनिक सवारी साधनलाई चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा ग्याप सिट र […]

  काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री बालेन स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षीसँग द्विपक्षीय हित, व्यापार, सीमा व्यवस्थापन, विकास साझेदारी तथा आपसी सहयोगका विषयमा छलफल गर्नुभएको थियो। भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाएको बताइएको छ। स्वदेश फर्किएपछि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सरकारी अधिकारीहरूले स्वागत गरेका थिए।

error: Content is protected !!