०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रहरीले गल्ती गरे २४ घन्टा भित्र ठाँउ ठाँउको कार्वाही गर्छु दाङ एसपी चंन्द

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले प्रहरी कर्मचारीले कुनैपनि गल्ती गर्छ भने २४ घन्टा भित्र ठाँउको ठाँउ कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै । साथै अत्यन्तै न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई बढ्दो सवारी साधनहरुकाे चाँपले गर्दा त्यसको व्यवस्थापन गर्नुमा गाह्राे रहेको बताएका छन् । एसपी चंन्दलाई २०६४ सालदेखिनै राज्यले सो जिम्मेवारी सुम्पेको भय तापनि जिल्लामा दैनिक रूपमा गुणात्मक तरिकाले बढिरहेका सवारीसाधनहरुलाई अंकगणितका हिसाबले भर्ना गरिने ट्राफिक प्रहरी कर्मचारीहरुबाट उचित ध्यान दिन हम्मेहम्मे परिरहेको यथार्थ झल्काए ।आवश्यक ट्राफिक प्रहरी कर्मचारीहरुको अभावको कारण नै सवारी साधनहरुको दुर्घटना न्यूनीकरणमा आशा गरिएको जति उपलब्धि हुन नसकेकोमा दाङ एसपी चन्दले दुखेसो गरे । जेजस्तो अवस्थाबाट गुज्रिएर भएपनि ट्राफिक लगायत नेपाल प्रहरीले अहोरात्र खटेर देश तथा नागरिकको सेवा सुरक्षाको प्रत्याभूति दिन सकेकोमा नेपाल प्रहरी सङ्गठनका हिसाबले खुशी व्यक्त गरे । नेपाल प्रहरी अाम नागरिकको सेवा सुरक्षार्थ तैनाथ एउटा छुट्टै गौरव र गाथा बोकेको संगठन भएकाले समाजका सबै तह तप्का वर्गका आम नागरिकहरुको साथ सहयोग प्राप्त भएमा मात्र लक्ष्य प्राप्ति गर्न सकिने औंल्याए । एबिसी संचार र खबर 24 नेपालसंग कुराकानी गर्ने क्रममा दाङका प्रहरी प्रमुख एसपी चन्दले बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!