०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेको सुरक्षा निकायलाई बिपदमा खोज तथा उद्धार सामाग्री हस्तान्तरण

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँके सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले वताउनु भयो । उहाँले खोज तथा उद्दारमा खटिने सुरक्षा निकायलाई यसले ठूलो राहत दिने विश्वास व्यक्त गर्नुभयो ।

विपद्को वेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्दार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार वरावरको सामग्री हस्तान्तरण गरेको हो । सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का वेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले शसस्त्र प्रहरी वल ३० न गणलाई ३७ प्रकारको, भैरव प्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्दार सामाग्री हस्तान्तरण गर्नु भएको हो । त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिकालाई १र१ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!