२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

ललितपुरको यूएन पार्कमा गोली चल्यो, गुण्डा लामा घाइते

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

काठमाडौँ, २८ जेठ । ललितपुरको यूएन पार्कमा गोली चलेको छ ।विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीसँगको मुठभेडमा काभ्रेली समूहका गुण्डा अशोक लामा घाइते भएका छन् ।लामाको खुट्टामा गोली लागेको छ ।

युएन पार्क नजिकै पक्राउ गर्न खोज्दा भागेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनलाई उपचारका लागि वीर अस्ताल पु¥याइएको छ ।
लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए । उनीसँगै रहेका २ जना भने भागेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!