०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

प्युठान अस्पताललाई जेनेरेटर हस्तान्तरण

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

राम बहादुर बिश्वकर्मा, प्युठान

नियमित सेवा संचालनका लागि प्युठान जिल्ला अस्पताललाई जेनेरेटर उपलब्ध गराईएको छ । बिजुलीको चरम अभाव खेपिरहेको जिल्ला अस्पताललाई सहयोग पुर्‍याउने उद्देश्यले प्युठान नगरपालिका सहयोगमा प्राप्त ६२.५ के भि ए क्षमताको जेनेरेटर बुधवार एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरिएको हो । बिजुली नियमित नभएका कारण सेवाग्राही समस्यामा परेको विषयलाई दृष्टिगत गर्दै ऐतिहासिक प्रथम नगरसभाको निर्णयअनुसार जेनेरेटर उपलब्ध गरिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । अस्पताल प्रयोजनका लागी मात्र प्रयोगमा ल्याउन पर्छ, बाहिर सप्लाई गरिनु हुँदैन यसको क्षमतामा ह्रास आउन सक्दछ केहि समय पछि ५० सैयाको सेवा प्रदान गराउने उद्देश्य भएकाले यस्ता पुर्बाधार थप गरिएको छ।

अहिलेसम्म मुखमा मात्र सुसासन र पारदर्शीता र जबाफदेहिताको कुरा गर्ने प्रचलन भएकाले यसको कार्यान्वयनको सुरुबात आफुबाट गर्नुपर्ने कक्षपतिले बताउनुभयो । अस्पतालबाट प्रदान गरिने जति पनि अत्यावशकिय सेवा उर्जाको अभावमा समस्या देखिएकाले यस्तो समस्यालाई टेवा पुर्याउने हेतुले जेनेरेटर प्रदान गरिएको प्युठान नगरपालिका प्रसासकिय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो । पर्याप्त प्रबिधिको अभावमा सेवाग्राहीलाई सेवा प्रवाह गर्न गाह्रो थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!