२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दाङ प्रहरीले होलीमा अमर्यादित कार्यगर्नेहरु १६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७


(सागर थापा)
दाङ जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा १६ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् । त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका ९४ वटा मोटरसाईकल १ वटा बस ७ वटा अटोलाई समेत नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको प्रहरीको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।