
ABC (क्राईमबिट)
काठमाडौं । अपहरण गर्ने धम्की दिएर पर्साको वीरगञ्जका व्यापारीसँग रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ घर भएका २२ वर्षीय प्रज्वल तिवारी र अर्का १७ वर्षीय किशोर छन् । वीरगञ्जका एक ब्यापारीलाई फोन गरेर उनीहरुले १५ लाख नदिए
‘अपहरण गर्ने’ धम्की दिएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए ।
व्यापारीले दिएको सुराकका आधारमा चार दिनको अप्रेशनपछि उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरु बिरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।
आफ्नो परिचय लुकाएर १७ वर्षका किशोरलाई समेत परिचालन गरेर तिवारीले पूर्व परिचित व्यापारीसँग फोनमार्फत धम्की दिएका थिए । आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ परेका किशोर प्लस टुमा अध्ययनरत छन् । तिवारीको पेशा–व्यवसाय खुलेको छैन ।