०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

दालमोट बनाउने तालिम बिजुवारमा सुरु

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

राम बहादुर बिश्वकर्मा

प्युठान /वडाबासीलाई सिप बिकास तालिम प्रदान गरि आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले बिजुवारमा दालमोट बनाउने तालिम सुरु भएको छ।प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा बिजुवारमा ५ दिने दालमोट बनाउने तालिम सुरु गरिएको हो।
तालिमको उद्धघाटन गर्दै प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले गुणस्तर सहितको बस्तु उत्पादन गरिनु पर्ने बताउनुभयो ।

तालिमको औचित्य माथि प्रकाश पार्दै ग्रामिण आर्थिक विकासका मञ्चका सदस्य कृष्णमाया रिजालले सिप बिकास तालिमले ब्यक्तिलाई सबल र आत्मनिर्भर बनाउने भन्दै आगामी दिमा पनि यस्ता तालिम मेडेप मोडेल बाटै नै सन्चालन गरिएमा मात्र उद्देश्य पूरा गर्न सकिने बताउनुभयो ।
त्यस्तै, कार्यक्रम संयोजक रन्जना श्रेष्ठले उद्दमशिलता बिकास तालिम पश्चात अहिले सिप बिकास तालिममा सहभागिता जनाएकाहरुलाई सिप हासिल गरि उद्दमी बन्न आग्रह गर्दै उत्पादीत सामाग्रीको बजारको चिन्ता लिनुनपर्ने बताउनुभयो।उहाले उत्साहका साथ सिप सिक्न सहभागीलाई आग्रह समेत गर्नुभयो ।
५ दिन सम्म चल्ने उक्त तालिममा ६ जना सहभागी छन।तालीमको प्रशिक्षण गोबिन्द रावतले गरिरहनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]